सेवाग्राहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने :मेयर चिन्तन तामाङ

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सेवाग्रहीको हरहिसाव हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

नवज्योती वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो ।

नगरभित्रका केही सहकारीहरुले सेवाग्रहीको वचत हिनामिना गरेको भन्ने धेरै गुनासो आएको भन्दै उहाँले त्यस्ता सहकारीका सञ्चालक र संस्थालाई कारवाही गरिने वताउनुभयो ।

पछिल्लो समय सहकारी संस्थाहरुले वित्तिय विश्वस्नियता गुमाउँदै गएकोले अब सहकारी संस्थाले आफ्नो आर्थिक कारोवार स्पष्ट र पारदर्शी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्न कर्मचारीहरुले आवश्यक तालिम लिन पर्ने वताउनुभयो । आफ्नो नीति,विधि र प्रविधि अनुसार सहकारीहरुले आफ्नो कारोवार सञ्चालन गर्नुपर्ने पनि उहाँले वताउनुभयो ।

त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीले जिल्ला भित्र सञ्चालित सहकारी मध्ये नवज्योती वचत तथा ऋण सहकारीले उत्कृष्ठ तरिकाले कारोवार गरिरहेको वताउनुभयो ।

सहकारीहरु देशको आर्थिक क्षेत्रमा २० प्रतिशत योदान पुर्याईरहेको भन्दै महिलाहरुको सशक्तीकरण,सामाजिक विकासको क्षेत्रमा समेत योगदान पुर्याईरहेको उल्लेख गर्नुभयो ।

सभामा हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन गोम्बा,शेयर सदस्यहरुको तर्फवाट ऋषीराम ढुंगाना,सहकारीहरुको तर्फवाट महिला सशक्तीकरण वचत तथा ऋण सहकारीका सचिव सुनिता लावती लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष धिरेन्द्र थिङले आर्थिक वर्ष २०७८/७९ मा ४ करोड,८९ लाख २८ हजार ३ सय ७५ रुपयाँ ७१ पैसा निक्षेप संकलन,४६ लाख १९ हजार १ सय शेयर पुँजी,२ करोड ५३ लाख ३६ हजार ६ सय ३० ऋण लगानी र २ करोड ३९ लाख ६५ हजार १ सय ६९ रुपयाँ ऋण असुली सहित जम्मा १५ करोड ६ लाख ८८ हजार २ सय ८० रु पयाँ बराबरको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

अध्यक्ष थिङले सहकारीको खुद नाफा २३ लाख ५९ हजार रहेको वताउनुभयो । सहकारीका कोषाध्यक्ष योगेन्द्र शाहीले आर्थिक वर्ष २०७८/७९को २ करोड ४९ लाख ४ जार ४ सय २७ रुपयाँ वरावरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

धिरेन्द्र थिंङ कै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम बहादुर रायमाझी,सचिवमा अच्युत घिमिरे र कोषाध्यक्षमा योगेन्द्र शाही रहेकाछन् । सदस्यहरुमा भानु अधिकारी,विनु तामाङ र सम्झना शाक्य रहेका छन् ।

स्वात मन्तव्य राम वहादुर रायमाझीले राख्नुभएको थियो भने सञ्चालन अच्युत घिमिरेले गर्नुभएको थियो । सभामा उत्कृष्ठ ऋणी किरण शक्य, सविता कुमारी शाह, असल वचतकर्ता रानी तामाङ,अमित थापा, उत्कृष्ठ शेयर सदस्य नगेन्द्र प्रसाद दाहाल, नियमित वचतकर्ता झलक वहादुर बस्नेतलाई करुवा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।