सिंधुवा बजारमा भएको आगलागीबाट पिडित घर परिवारहरुलाई राहत तथा क्षतिपूर्ति दिलाउने कुरामा मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने : मन्त्री राई

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा गएराती आग्लागी हुँदा ४९ लाख बराबरको क्षति भएको छ ।

उक्त घटना प्रति आफु अत्यन्तै मर्माहित भएको र घटनामा परि घरवार बिहिन हुन पुगेका घर परिवाहरुलाई यथासक्य चाँडो राहात उपलब्ध गराउने कुरामा तिब्र रुपमा छलफल चलि रहेको मन्त्री राजेन्द्र कुमार राईले बताउनु भएको छ ।

मन्त्री राईले फेसबुकमा लेखेका छन् : धनकुटा जिल्ला स्थित छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिंधुवा बजारमा २०७९­ पौस २९ गते साँझ भएको आगलागिको घटनाले म अत्यन्तै मर्माहित भएको छु ।

आगलागिबाट घरवार बिहिन हुन पुग्नु भएका घर परिवाहरुलाई यथासक्य चाँडो राहात उपलब्ध गराउने कुरामा तिब्र रुपमा छलफल चलि रहेको छ ।

पिडाको यस दुःखद घडिमा पिडित घर परिवारहरुलाई राहात तथा क्षतिपूर्ति दिलाउने कुरामा मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने कुरा समेत यहाँहरु सबैमा जानकारी गराउँदछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।