धनकुटा महोत्सवमा प्रमोद खरेल,मेलिना राई लगायतका कलाकारहरुको साँगीतिक प्रस्तुति

धनकुटा । माघ ६ गते देखि धनकुटामा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी, एभोकाडो एवं ५औं धनकुटा महोत्सवको तयारीलाई तिव्रता दिईएको छ । धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको लागि करिव आधा तयारी गरिए जानकारी दिएको छ ।

संघका अध्यक्ष विजय सन्तोष राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार महोत्सवका लागि स्टल निर्माण,विभिन्न संघसंस्था सँग सहयोग र सहकार्यका लागि छलफल तथा अन्तरक्रिया लगायतका कामहरु भईरहेको छ । महोत्सवमा जम्मा १८० स्टलहरु रहने अध्यक्ष राईले वताउनुभयो । महोत्सवमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नि:शूल्क र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने उहाँले वताउनुभयो ।

महोत्सवमा दाँत र आँखा नि:शूल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिने जानकारी दिईएको छ । त्यस्तै विद्यालयहरुको सहभागितामा नृत्य प्रतियोगिता,साहित्यिक कार्यक्रम समेतको व्यवस्था गरिनेवारे छलफल भईरहेको अध्यक्ष राईले वताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकारहरु मेलिना राई, प्रमोद खरेल, रचना रिमाल लगायत स्थानिय कलाकारहरुको बेजाड सँगितीक प्रस्तुती रहने संघले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संघका सचिव तथा महोत्सव प्रचारप्रसार समिति संयोजक श्रीराम रायामाझीले गर्नुभएको थियो । महोत्सवले जिल्लाको पर्यटन,कृषी,व्यापार व्यवसायको क्षेत्रमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।