धनकुटामा पनि राखियो शोक पुस्तिका

धनकुटा,३ माघ । आइतबार भएको विमान दुर्घटनामा परि ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभूवन पौडेल प्रति नेपाल पत्रकार महासंघ धनकुटाशाखाले पनि शोक व्यक्त गर्दै कार्यलयमा शोक पुस्तिका राखेको छ ।

आईतबार पोखरामा भएको विमान दुर्घटनामा परि ३७औँ वर्षको अल्पायुमै पत्रकार पौडेलको निधन भएको थियो । शोकसभा संगै महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार आगामी १३ दिन सम्म नेपाल पत्रकार महासंघ धनकुटाशाखाले औपचारिक रुपमा कुनै पनि कार्यक्रमको आयोजना नगर्ने नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनु भयो ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले पोखराकै अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक/ सम्पादकका रुपमा कार्यरत थिए । स्वर्गीय पौडलका आमा, श्रीमती र एक छोरा छन् ।

यो पनि…
‘एकीकृत नमूना सदरमुकाम’ निर्माण अलपत्र
मध्यविन्दु, ३ माघ (रासस) ःनवलपरासी (बर्दघाट सुस्तापूर्व)कोे कावासोतीमा ‘एकीकृत नमूना सदरमुकाम’को निर्माण अलपत्र अवस्थामा पुगेको छ । शिलान्यास भएको तीन वर्षमा नमूना सदरमुकाम निर्माणस्थलमा ’नमूना सदरमुकाम‘ उल्लेख गरिएको एउटा स्तम्भबाहेक अरु केही पनि छैन । सरकारी कार्यालय र सदरमुकामका लागि भनेर छुट्याएको स्थान खेलमैदान र सवारी सिक्ने थलो बनेको छ ।

हरेकपटक फेरिने मन्त्री र नेताहरूले स्थलगत अवलोकन गर्ने र आश्वासन दिनेबाहेक यो तीन वर्षमा देखिने गरी केही काम हुनसकेको छैन । नमूना सदरमुकामका लागि कावासोती नगरपालिका–३ को ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको एक सय ८६ बिघा जमिन र वन क्षेत्र छुट्याएको छ । राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीय संरचनामा नवलपरासी जिल्लाबाट दाउन्नेपूर्वलाई टुक्र्याएर नयाँ जिल्ला कायम गरिएपछि कावासोतीलाई नमूना सदरमुकाम बनाउन शिलान्यास गरिएको थियो ।

तीन वर्षमा अहिलेसम्म सदरमुकामभित्र करिब छ किलोमिटर सडक निर्माणको काम भएको छ । तर सडकमा नाली, फुटपाथ, पार्क र साइकल रुट निर्माणका काम बाँकी छन् । रु १० करोड ७७ लाखको लागतमा ग्राभेल सडक निर्माण गर्ने कामबाहेक अन्य संरचना बनेका छैनन् । जिल्ला प्रशासन, प्रहरी र अन्य सरकारी कार्यालय निर्माणका लागि आएको बजेट बर्सेनि फिर्ता जाने गरेको छ । डिपिआरअनुसार एकीकृत नमूना सदरमुकाम बनाउन रु २६ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

जिल्लामा रहेका २७ भन्दा धेरै सरकारी कार्यालयलाई एकै ठाउँमा बनाउने गरी ‘एकीकृत नमूना सदरमुकाम’को अवधारणा ल्याइएको थियो । तर निर्माणकार्यले भने निरन्तरता पाउन सकेको छैन । सरकारी कार्यालय छरिएर रहँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।