धनकुटामा रहस्य नखुलेको पौराणिक घर अलपत्र

धनकुटा, ४ माघ (रासस) : धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ । बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो भन्ने रहस्यकै रुपमा रहेको बताइन्छ ।

गाँैथली चराले बनाएको माटोको गुँड झैँ देखिने ढुङ्गा र माटोबाट निर्मित यो घर पहरामा रहेको ओडारभित्रको करिब सात मिटर माथिको ओडारमा बनाइको छ । केही वर्ष अघिसम्म सकुशल रहेको उक्त घरको केही भाग अहिले भत्किएको छ । घरभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन् ।

सो क्षेत्रको सुन्तले गाउँमा घर भएका ७१ वर्षीय भूपालबहादुर बस्नेतले परापूर्वकालमा उक्त स्थानमा पाँच कन्या बस्ने गरेको कुरा आफूले सुन्दै आएको जानकारी दिनुभयो । ती कन्या कहाँबाट र कसरी आएका थिए भन्ने नसुनेको भए पनि उनीहरुले नै जलुको र भीमसेनपातीको पातमा पानी बोकेर उक्त घर बनाएको भन्ने कुरा सुनिआएको उहाँले बताउनुभयो । “पहिला घरमा पाँच मानव कङ्काल, माटोका भाँडा र भोटे जातका महिलाले लाउने जस्ता माला थिए”, बस्नेतले भन्नुभयो, “हामीले हेर्न भ्याएनौँ, पछि सङ्कटकालमा ती सबै चोरी भएछन् ।”

उक्त क्षेत्रका गाउँलेका वस्तुभाउ बाघले खाएर अति दुःख दिएपछि सो स्थानमा पञ्चकन्या देवीको पूजा गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।