धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एभोकाडो तथा ५ औं धनकुटा महोत्सव सुरु
धनकुटा,६ माघ । आज बाट धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एभोकाडो तथा ५ औं धनकुटा महोत्सवको सुरु भएको छ ।
“ कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार ” भन्ने नाराका साथ आज बाट ११ लिने महोत्सव सुरु भएको हो ।
महोत्सवको उत्घाटन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले गर्नु भएको छ ।
महोत्सव उत्घाटन समारोहमा बोल्दै मन्त्री राईले पछिल्लो समय चहलपहल कम हुदै गएको धनकुटा अब आर्थिक रुपले चलनमान बनाउँनु पर्ने बताउँनु भयो साथै उहाँले धनकुटाको समग्र विकासमा संघ सरकारको तर्फ बाट आफुले पहल कदमी गर्ने र त्यसमा प्रदेश सरकार र स्थानिय सरकारको समेत सहयोग रहन्छ भन्ने अपेक्षा लिएको र धनकुटाको विकास र समृद्धिका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउँनु भयो ।
साथै महोत्सवमा शुभकामना व्यातm गर्दै राजनैतिकदल, स्थानियतहका प्रमुख तथा अन्य व्यातmीहरुले आज बाट धनकुटामा सुरु भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा ५ औं धनकुटा महोत्सवले धनकुटा सहित समग्र १ नम्बर प्रदेशकै पर्यटन, कृषि, घरेलु उद्योग बाट उत्पादित बस्तुहरुको प्रचार प्रसार र प्रबद्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारण राख्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभाका सांसद, संविधानभाका सदस्य, जिल्ला समन्वय समितीका संयोजक, उपसंयोजक, स्थानियतहका प्रमुख तथा उपप्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो कार्यक्रमको अध्यक्षता आयोजक धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव श्रीराम रायामाझीले गर्नु भएको थियो ।


