केयर वुमनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका २ मा रहेको मार्गेश्वरी प्राविका २६ जना विद्यार्थी लाई केयर वुमन अफ नेपालले न्यानो कपडा वितरण गरेको छ ।
आज एक कार्यक्रमका बिच कार्यक्रमकी प्रमुख अतिथी प्रदेश १ प्रदेशसभा संसद इन्दिरा थापा, समाजसेवी दोर्णप्रसाद गुराँगाई स्थानिय दलबहादुर थाप,राजकुमार राई लगायतले विद्यार्थी लाई न्यानो कपडा हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रमा बोल्दै संसद थापाले विद्यालय लाई आगामी दिनमा समेत आफ्नो तर्फ बाट सहयोग हुने र विद्यालयमा पिउने पानीको व्यावस्थाका लागि समेत पहल गर्ने बताउँनु भयो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यावस्थापन समितीका अध्यक्ष बलबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रध्यानाध्यापक तेजबहादुर दाहालले गर्नु भएको थियो ।


