धनकुटाको पाख्रीबासमा आ’गला’गी हुंदा ज’लेर गाईको मृ’त्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ पौडेल गाउंको एक व्यक्तिको घरमा गएराती आ’गलागी भएको छ ।

त्यहाँका ६१ वर्षका यम कुमार पौडेलको ढुङ्गा, माटोको गाह्रो, काठ र टिनको छानो भएको २ तल्ले घरको पछाडी पट्टीको बराण्डामा राखिएको परालमा अचानक करेन्ट शर्ट भई आ’गलागी हुँदा २ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आ’गलागीबाट घरको पछाडी पट्टी बराण्डामा राखिएको पराल जलेको र बराण्डामा आंशिक रुपमा क्षति भएको छ साथै सोही घरको बराण्डा मुनि बाधिएको जर्सी २ वटा गाई मध्ये एउटा ज’लेर म’रेको र एउटा ग’म्भिर घा’ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घटनामा मानबिय क्षति नभएको प्रहरीको भनाई छ । आगो नेपाल प्रहरी टोली, स्थानियबासी र दमकलको सहयोगमा राती साढे १ बजे नियन्त्रंणमा लिइएको थियो ।

यो पनि…
थाङपालकोटमा हाटबजार
सिन्धुपाल्चोक, ८ माघ (रासस):स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो ।

प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिनुभयो । सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।

वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पु¥याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । आर्साे नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउनुभयो । आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुर्दशन साकोटाले खुसी व्यक्त गर्नुभयो ।

उत्कृष्ट युवा किसान सम्मानित

सिन्धुपाल्चोकका कुमार आचार्य उत्कृष्ट युवा तथा महिला किसान कार्यक्रमबाट सम्मानित हुनुभएको छ । उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपालद्वारा आयोजित एक कार्यक्रमबीच आचार्य सम्मानित हुनुभएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न जिल्लाका ५० युवा सम्मानित हुनुभएको थियो । आचार्य सिन्धुपाल्चोकमा मिश्रित पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँले सिताके च्याउ, गाईपालन, कागती खेती, आलुखेतीलगायत कृषिसम्बन्धी काम गर्दै आइरहनुभएको छ । आचार्यलाई उत्कृष्ट युवा उद्यमीको सम्मान दिइएको हो ।

तथ्याङ्क सङ्कलन

पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको उपस्थितमा वडा नं ६ स्यालेबाट डाटा सङ्कलनको काम सुरु गरिएको हो । आर्थिक वर्ष २०७९÷८० मा पाँचपोखरी थाङपाल–६ बाट डाटा सङ्कलन तथा डिजिटल घरधुरी नम्बर प्रदान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कम्प्युटर र टेलिभिजन हस्तान्तरण

विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयमा सहयोग गरेको छ । संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा थान टेलिभिजन वितरण गरिएको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।