धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आजबाट गरिब घर परिवारलाई परिचय पत्र वितरण सुरु

धनकुटा,९ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आजबाट पालिका भित्रका गरिब घर परिवारको फारम भरेकाहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रमका विच गाउँपालिकाको वडा न ६ र २ नम्बर वडा बाट परिचय पत्र वितरण सुरु गरेको हो ।

परिचय पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले आर्थिकरुपले पछि परेका नागरिकहरुलाई आर्थिकरुपले सक्षम बनाउँनका लागि सहयोग पुगोस् भन्ने हेतुले ल्याईको कार्यक्रम भएको हुँदा नागरिकहरुलाई यस परिचय पत्रका आधारमा शिक्षा, स्वाथ्य रोजगारीका क्षेत्रमा बिशेष व्यावस्था सरकारको तर्फ बाट हुनु पर्ने र यस परिचयपत्रले सामाजिक कल्याणका काममा सहयोग पुग्नु पर्छ भन्ने आफ्नो भनाई रहेको धारणा राख्नु भएको थियो ।

साथै उहाँले केहि बर्ष अगाडि नै गरिब परिचय पत्र वितरण तथ्याङ्क संकलन भएकोले कतिपय व्यक्तिहरु छुटेको र कतिपय व्यातिm तथ्याङ्क संकलन पछि आर्थिकरुपले सम्पन्न समेत भएकोले त्यस लाई फरी पुन विचार गरिनु पनि आवश्यक भएको बताउँनु भयो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्ग खेवाले अहिले विभिन्न प्रकारका परिचय पत्रहरु वितरण हुने गरेका र त्यस बाट लक्षित बर्गले फाइदा लिएकोले गरिब परिबार परिचय पत्रले समेत केहि न केहि पक्षमा सहयोग गर्ने बताउँनु भयो ।

वितरण कार्यक्रमा कार्यक्रमका बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले परिचय पत्रका आधारमा लक्षित बर्गले केहि सेवा पाउँन भन्ने आधारले परिचय पत्र वितरण गरिएकोले पालिका भित्रका २ सय ४५ गरिब घर परिवार परिचय पत्र वितरण गरिने बताउँनु भयो ।

वडा न ६ मा गरिएको कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष दिपक गुरुङ्गले गर्नु भएको थियो भने २ नम्बर वडामा गरिएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कृष्ण मगरले गर्नु भएको थियो ।

परिचय वितरण कार्यक्रमको संचालन छथरजोपाटी गाउँपालिकाका सुभना अधिकारी नेत्र बहादुर श्रेष्ठले गर्नु भएको थियो । परिचय पत्र वितरण कार्यक्रमा वडा सदस्य कार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधी, समाजसेवी लगायत स्थानिय बासिन्दाको समेत उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।