छथरजोपाटी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरोकारवालाहरुसंग छलफल

धनकुटा,१० माघ । धनकुटाको छथरजोपाटी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संग छलफल गरिएको छ । सिंधुवा र जोरपाटी बजारमा गरिएको बेग्ला बेग्लै कार्यक्रमा गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सरोकारवालाहरु संग अभिमुखिकरण तथा छलफल गरिएको हो ।

रोजगार सेवा केन्द्र छथरजोरपाटी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमा बोल्दै सरोकारवालाहरुले रोजगार कार्यक्रमको नितीगत सुधार आवश्यक रहेको धारणा राख्दै रोजगार कार्यक्रम लाई उत्पादन र विकास निर्माणमा प्रयोग गर्न आवश्यक भएको धारण राखेका थिए । छथरजोपाटी गाउँपालिकाकी रोजगार संयोजक सुशिला कार्कीले प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागि हुने कार्यक्रमहरु कसरी संचालन भई रहका छन् भन्ने लगायतका बिषयमा जानकारी गराउँनु भएको थियो ।

त्यस्तै कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ छथरजोपाटी गाउँपालिकाका अध्यक्ष शिवकुमार श्रेष्ठले एक सय दिन मात्र नभई सबै नागरीकले रोजगारी गाउँनु पर्ने बताउँनु भएको थियो । त्यस्तै छथरजोपाटी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत जितमान जिमीले श्रम गर्न लाज र अल्छि मान्न नहुने भन्दै रोजगार कार्यक्रम लाई गाउँपालिकाले प्रभावकारी बनाउँदै लगेको बताउँनु भयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष गिता गुरुग खेवाले श्रमको सबैले सम्मान गर्नु पर्ने बताउँनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले प्रधानमन्त्री रोजगार कार्यक्रमका देखिएका नितीगत समस्याहरु लाई तीन तहकै सरकारले समाधान गर्दै अगाडी बढ्नु पर्ने बताउँनु भयो । कार्यक्रममा सरोकारवालानिकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो कार्यक्रमको संचालन छथरजोपाटी गाउँपालिकाका सुचना अधिकारी नेत्र बहादुर श्रेष्ठले गर्नु भएको थियो ।

वडा न ६ मा गरिएको कार्यक्रमको अध्यक्ष वडा अध्यक्ष दिपक गुरुङ्गले गर्नु भएको थियो भने २ नम्बर वडामा गरिएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कृष्ण मगरले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।