यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख लुँईटेललाई कालोमोसो दल्ने को हुन् ?

धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लँुईटेललाई आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमसी दलेका छन् ।

प्रमुख लुँईटेलले कार्यलयको सेवा दिंदा घुस लिने गरेको आरोप लगाउदै सो पार्टीका कार्यकर्ताहरुले कालोमसी दलेका हुन् । उनिहरुले प्रमुख लुँईटेललाई कालोमसी दलेर भागेको प्ररीले जनाएको छ ।

घटनामा संलग्नहरुको खोजि भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

यो पनि…
खोटाङ, ११ माघ (रासस) ःकुनै समय खोटाङको उत्पादन भन्नेबित्तिकै घङ्गरुको लौरोको पहिचान थियो । भ्रमण या अन्य सरकारी कामकाजमा यहाँ आउने अतिथिलाई मायाको चिनोस्वरुप घङ्गरुको आकर्षक लौरो उपहार दिने गरिन्थ्यो ।

छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यहाँको चिनारी भएजस्तै खोटाङमा यही लौरो थियो । समाउने ठाउँमा चरा, सर्प तथा माछाको कलात्मक स्वरुप भएको उक्त लौरो उपहार पाउँदा जिल्ला आउने अतिथिहरु खुसी हुने गरेको स्थानीय बताउछन् ।

लौरोको डण्डीमा खोटाङ तथा नेपालको नक्सा, लालीगुराँस, सर्वोच्च शिखर सगरमाथा, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पक्षी डाँफे, राष्ट्रिय रङ सिम्रिकका तस्बिर हुन्थे र नेपालको राष्ट्रिय गान पनि लेखिएको हुन्थ्यो । तर पछिल्लो समय लौरो बनाउने कालीगढको अभाव हुन थालेपछि खोटाङलाई चिनाउने घङ्गरुको लौरो लोप हुँदै गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका मिलन चाम्लिङले दिक्तेल बजारमा भण्डै तीन दशक पहिले ‘चाम्लिङ ह्याण्डीक्राफ्ट सेन्टर’ सञ्चालन गर्नुभएको थियोे । उहाँले स्थापना गर्दा ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परी आए पुर्पुरो सेक्ने’ भने लौरोको नारा नै बनाउनुभएको थियो ।सुरुमा व्यावसायिकजस्तो नभएको उहाँको सीप विस्तारै उद्योगका रूपमा फस्टाएको थियो ।

चाम्लिङले बनाउनुभएको लौरोले देशविदेशका नागरिकलाई सहारामात्र दिएन खोटाङका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्मालाई रोजगारी पनि दिएको थियो । उहाँले जिल्लामा केहीलाई काम पनि सिकाउनु भएको थियो ।

तर चाम्लिङकाठमाडौँ छिरेपछि उहाँसँगै लौरो उत्पादन व्यावसायमा कमी आयो ।चाम्लिङ्बाट सिप सिक्नुभएका भगिन्द्र लौरो बनाउन सजिलो भएपनि आम्दानी कम भएर जीविकोपार्जन गर्न कठिनाइ भएपछि विदेशीनुभयो भने नारायणले पनि यो पेसामा निरन्तरता दिन सक्नुभएन।

चाम्लिङ्ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुइयुवा भीमबहादुर विश्वकर्मा र रवीन्द्र विश्वकर्मालाई पनि लौरो बनाउने तालिम दिनुभएकोथियो । उहाँहरुमध्ये भीमबहादुरले पेशालाई निरन्तरता दिँदै दिक्तेलमा व्यावसाय सुरु गर्नुभयो । बाँसबाट निर्माण गरिएका हस्तकलाको सामान र घङ्गरुलगायत काठको लौरोमा जनवारको सिङबाट बनाइएका समाउने भाग निकै आकर्षक देखिन्छ । तर यो व्यावसायबाट उहाँहरुको दैनिकी सहज नभएपछि भीमबहादुरले पनि पेसा छाडेर फर्निचर उद्योगको काम सुरु गर्नुभयो ।

चाम्लिङ्ले अहिले काठमाडौँमा चाम्लिङ ड्राइभिङ सेन्टर सञ्चालन गर्नुभएको छ ।घाङ्गरुको लौरोलाई व्यावसायिक प्रवद्र्धन गर्नउद्यमीलाई प्रोत्साहन गरी विदेशी स्टिलका लौरोको प्रयोगलाई न्यूनीकरण गर्न सकेको भए नेपाली लौरोले बजार लिने थियो । यसले स्थानीयलाई रोजगारी दिनुका साथै खोटाङको पहिचानलाई यथावत राख्न सकिने थियो ।

लामो समय सरकारी सेवामा रहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२बसेखाका चन्द्रप्रसाद आचार्यले लौरो अभियान नै सुरु गर्नुभएको छ । अहिले उहाँ लौरो अभियन्ताका रूपमा चिनिनुहुन्छ । उहाँले बुढेसकालको एकमात्र साहारा लौरो भएकाले वृद्धवृद्धाको जीवन केही सहज बनाउने उद्देश्यले लौरो अभियान सुरु गरेको बताउनुहुन्छ ।

उहाँले घङ्गरुको लाथ्रा बटुलेर खिप्न थाल्नुभयो । खिपेर बनाइएका लौरोहरु गाउँका ज्येष्ठ नागरिकलाई निःशुल्क बाँड्नुभयो । एक सय आठ लौरो बाँड्ने योजना बनाउनुभएका आचार्यले अहिले एक हजार आठको लक्ष्य राख्दै अभियानका रुपमा अगाडि बढ्नुभएको छ ।

विसं २०३७देखि सरकारी सेवामा अवद्ध रहनुभएका आचार्य, हाल लौरो उत्पादनमा निरन्तर लागिरहनुभएको छ ।आफूले जानेको लौरो खिप्ने सीपको सदुपयोग गर्दै वृद्धवृद्ध तथा अशक्तलाई उपलब्ध गराउँदा सेवा र धर्म दुवै हुने भएकाले यसलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

“लौरो आवश्यक भएको खबर आए र पु¥याइदिने माध्यम भए एक सय वर्ष नाघेका वृद्धवृद्धालाई मुलुकभित्रका जुनसुकै ठाउँमा पनि लौरो उपहार पठाइदिने गरेको छु,” उहाँले भन्नुभयो ।

मायाको चिनोका रूपमा लौरो दिने अभियानले खोटाङको पहिचानजोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यस अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले समन्वय गरी अभियान्तालाई प्रोत्साहन गर्नसके ‘घङ्गरुको लौरो’ लोप हुने थिएन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।