थोरै बोल्छु, धेरै काम गर्छु: मन्त्री राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र राईले आफुले पारिश्रमिकबापत पाएको रकम धनकुटाको सिधुवाका आगलागी पीडितलाई प्रदान गरेका छन् । बुधबार बिहान सिधुवा पुगेर मन्त्री राईले आगलागी पीडित आठ परिवारलाई ५५ हजार नगद प्रदान गरेका हुन् ।

मन्त्री राईले पीडित झमक थापालाई १५ हजार र सन्तबहादुर राईलाई १० हजार प्रदान गरे । त्यस्तै, पीडित लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरको परिवारलाई पनि जनही पाँच÷पाँच हजार प्रदान गरेका छन् । उनले पीडित परिवारको घर निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

आगलागीबाट घर जलेका पीडितहरुलाई थोरै भएपनि सहयोग गरौँ भन्ने सोचले पारिश्रमिकबापत पाएको रकम प्रदान गरेको मन्त्री राईले बताए । ‘म बाहिर भएकाले आगलागीका बेला आउँन सकिन । तर, उतैबाट भएपनि छिटो आगो नियन्त्रणका लागि दमकल र प्रहरी पठाउँन समन्वय गरेको थिए,’ सहयोग हस्तान्तरण गर्दै मन्त्री राईले भने, ‘तपाईहरु पीडामा हुनुहुन्छ, यो बेला सानै भएपनि सहयोग गरौं भनेर मैले पाएको पारिश्रमिक बापतको रकम तपाईहरुलाई दिएको हुँ ।’

गत पुस २९ गते सिधुवामा भएको आगलागीबाट ४९ लाख बराबरको क्षति भएको थियो । आगलागी पीडितहरुलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ । यसैबीच मन्त्री राईले आफ्नो पारिश्रमिक बापतको रकमबाट छथर जोरपाटी–६ मझुवाकी अपांगता भएकी ५३ वर्षीया गंगादेवी बस्नेतलाई ह्वीलचियर प्रदान गरेका छन् । बुधबार बस्नेतको घरमै पुगेर मन्त्री राईले ह्वीलचियर प्रदान गरेका हुन् । चुनावका बेला भोट माग्न पुग्दा राईले उनलाई सहयोग गर्ने बचन दिएका थिए । सोही बमोजिम उनले मन्त्री बनेपछि आफ्नो पारिश्रमिकबाट सहयोग गरेका हुन् ।

हड्डीको समस्याका कारण हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकी बस्नेतले ह्वीलचियर पाएपछि मन्त्री राईलाई धन्यवाद दिइन् । चुनावका बेला बोलेको कुरा पुरा गरेको भन्दै उनले मन्त्री राईको प्रशंसा गरेकी छन् ।

थोरै बोल्छु, धेरै काम गर्छु: मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने तर, धेरै काम गर्ने योजनामा रहेको बताएका छन् । बुधबार नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले मन्त्री राईको सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । पुरा नहुने गरी धेरै आश्वासन बाढ्ने भन्दा पनि जनताको चाहना अनरुप थोरै बोल्ने तर धेरै काम गर्ने सोचमा रहेको मन्त्री राईले बताए ।

आफू जनतासँग सधैँ नजिकको सम्बन्ध कायम राख्ने भन्दै उनले केही समस्या परेमा आफूलाई सिधै सम्पर्क गर्न पनि आम नागरिकहरुलाई आग्रह गरेका छन् । फरक प्रसङ्गमा मन्त्री राईले केही दिनभित्रै भूमि आयोग नयाँ गठन गरिने जानकारी दिए । आफ्नो मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने काम जनताको चाहना अनरुप गर्ने उनले योजना सुनाए ।

राईलाई बधाई दिन नेकपा एमाले छथर जोरपाटी ६ नं. वडा कमिटी र महालक्ष्मी नगरपालिकाले पनि कार्यक्रम आयोजना गरेको छ । मन्त्री बनेपछि दोस्रो पटक गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राई केही दिन जिल्लामै जनतासँगको भेटघाटसहितका कार्यक्रममा रहने उनको सचिवालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।