छथरजोरपाटीका आगलागी पीडित परिवारलाई संकलित रकम हस्तान्तरण

धनकुटा । पुस २९ गते सिधुवा वजार र पौष ३० गते तेलियामा भएको आगलागी पीडित परिवारको राहतको लागि छथर जोरपाटी गाउँपालिका कर्मचारी परिवारको अग्रसरतामा संकलन गरिएको नगद एक लाख ७७ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिमा प्राप्त रकम आगलागीबाट भएको क्षति र पीडितको आर्थिक अवस्थालाई मध्ये नजर गर्दै आज वितरण गरिएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, गाउँपालिकाकी उपाध्यक्ष गिता खेवा गुरुग, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमी, जनप्रतिनिधी, स्थानिय समाजसेवी, कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा रकम वितरण गरिएको छ ।

जसमध्ये आगलागी पिडित झमक ब थापा ५० हजार, सन्त बहादुर राई २८ हजार, ललिता राई १६ हजार, डिग बहादुर खड्का लाई १५ हजार, लिलामाया थापा १५ हजार याम बहादुर मस्राङी मगर लाई १४हजार मंगल बहादुर तामाङ १४ हजार, डम्वर बहादुर थापा लाई १२हजार ५ सय, अर्जुन घिमिरे लार्य १२ हजार ५ सयका दरले वितरण गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका सदस्य सचिव नेत्रबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।