महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

धनकुटा, १३ माघ (रासस) : महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । नेपाल सरकारको रू १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो ।

निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । जसअनुसार कम्पनीले अब ६ महिना अर्थात् २०८० असार २६ सम्ममा दुवै भवन निर्माण गरिसक्नुपर्नेछ । तर दुई वटामध्ये २४ कोठे एउटा भवनको मात्रै जग हालिएको छ । अर्को भवनको जग खन्ने काम मात्र भएको छ ।

सम्बन्धित निर्माण व्यवसायीलाई पहल गर्दा पनि बेवास्ता गरेको महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालको भनाइ छ । “निर्माण कम्पनीका सम्पर्क व्यक्तिले फोन उठाउँदैन । आधिकारिक मान्छे कहिल्यै देखापर्दैन । हामीलाई हैरान बनाइसक्यो”, उहाँले भन्नुभयो, “सँगै सम्झौता भएका अन्य जिल्लाका स्वास्थ्य भवन सञ्चालनमा आइसके पनि यहाँको भवन बन्न सकेको छैन ।”

निर्माणमा प्रयोग हुने गिट्टी, इँटा मापदण्डविपरीत देखिएपछि रोकिएको काम फेरि सुरु हुन नसकेको नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मन्जुकुमारी कार्की(अधिकारी)ले जानकारी दिनुभयो ।

“काम सुरु नहुँदा कामदारसमेत अलपत्र परेका छन्”, कार्कीले भन्नुभयो, “आलटाल गरेर काम नगर्ने नियत पो हो की भन्ने लाग्न थालेको छ ?” भवन निर्माणमा मजदुरीका लागि त्रियुगा नगरपालिका गाईघाटबाट आउनुभएका किसल मगरले आफूले दुई महिनादेखि मजदुरीको ज्याला नपाएको बताउनुभयो । त्यस्तै अर्का मजदुर उदयरपुर मैनामैनी–७ का टीकाराम राईले पनि काम नभएर स्थानीयको सहयोगमा खाना खाएर बसिरहेको बताउनुभयो ।

नगरपालिकाले कम्पनीलाई पत्रचार गरी काम सुरु गर्न आग्रह गरिसकिएको र फागुन मसान्तसम्ममा पनि काम सुरु नगरे कम्पनीसँग ठेक्का तोड्ने नगरका मेयर ध्रुवराज रायाले जानकारी दिनुभयो ।

प्रतिष्ठा जेभीका सञ्चालक अशोक श्रेष्ठले भने काम छिट्टै सुरु हुने दाबी गर्नुभयो । भवन निर्माणमा प्रयोग भएका सामग्री प्राविधिकको परामर्शमा नै प्रयोग गर्न लागिएकोले मापदण्डविपरीत नभएको उहाँको दाबी छ । उहाँले हाल २० प्रतिशत काम सकिएको र बाँकी काम पनि समयमै पूरा हुने जिकिर गर्नुभयो ।

तस्बिरः नारायणकुमार राई/रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।