आफनो गाँउ आफै बनाउनका लागि टोलबस्ती गठन

जीवनप्रसाद राई,धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर १, हिलेमा आज एकभेलाको आयोजना गरि हाटखोला समावेसी टोलबस्ती संगठनको निर्माण गरिएको छ ।

५१ परिवार समेटिएको उक्त टोलबस्ती संगठनको तदर्थ समितिको गठन गरि अन्य बिभिन्न समितिहरुको प्रस्ताव गरिएको छ । तदर्थ समितिको अध्यक्षमा भुपाल घले तामाङ्ग, उपाध्यक्षमा पार्वती श्रेष्ठ, सचिवमा घनेन्द्र बहादुर घिमिरे, कोषाध्यक्षमा उर्मिला राई तथा कार्यसमिति सदस्यहरुमा चेत कुमार राई, उर्मिला तामाङ्ग र ईन्द्र कुमारी राई चयन भएका छन ।

प्रस्तावित अन्य समितिहरुमा सल्लाहकार समिति, सरसफाई समिति, शिक्षा समिति, स्वास्थ समिति, लेखा समिति, साँस्कृतिक समिति रहेका छन भने आवश्यकताका आधारमा अन्य समितिहरु थप्दै जाने कार्ययोजना तयारी गरिएको छ । यसैगरि प्रवेश शुल्क वापत रु. २००, मासिक कोष शुल्क बापत रु. १००, प्रति परिवार उठाउने समेत निर्णय भएको छ । यसैगरि यस टोलबस्तीको मासिक बैठक प्रत्येक महिनाको १ गते बस्ने तथा यसलाई सरकारी निकायमा दर्ता गर्ने, बिधान तयारी गर्ने जिम्मेवारी तदर्थ समितिलाई भेलाले प्रदान गरेको छ ।

तदर्थ समितिका अध्यक्ष घलेका अनुसार लामो समय देखि बिकासका लागि सरकारी मुख ताक्दा हाम्रो गाँउटोल निकै पछि परेको कारणले गर्दा आफ्नो गाँउ आफै बनाउन छुट्टै नयाँ टोलबस्ती बनाई नयाँ तरिकाले कार्य गर्न आवश्यकता देखिएकोले यो टोलबस्ती बनाईएको बताउनु भयो ।

हाटखोला समावेसी टोलबस्ती संगठनको मुख्य उद्धेश्य आफ्नो गाँउ आफैले बनाउने भन्ने हो । यसैगरि अन्य उद्धेश्यहरुमा बस्तीको बिस्तार गर्दै, गाँउमा नयाँ नयाँ प्रकारका आम्दानीको स्रोतहरु निर्माण गर्दै अघि बढ्ने हो । गाँउघरमा नियमित रुपमा सरसफाई तथा मनमोहक दृश्यहरुको निर्माण गर्दै टोलबस्ती बाटै आधुनिक युगलाई युग अनुसार सम्बोधन गर्ने समेत उद्धेश्य रहेको संगठनका तदर्थ समिति सचिव घिमिरेले बताउनु भयो ।

संगठनले तत्कालै यो टोलबस्तीको भुगोल तयारी गर्ने तथा त्यो भुगोल भित्रमा बसोबासका आउने जुनसुकै समुदाय तथा तप्काका परिवारलाई सदस्यता बैज्ञानिक तरिकाले प्रदान गरिने, साथै यस टोलबस्ती संगठन भित्र बसोबास गर्ने ब्यक्तिहरुका लागि आयआर्जनका नयाँ नयाँ अवसरहरु सिर्जना गरिने समेत भेलाले निर्णय गरेको छ । संगठनले होमस्टेलाई प्रभावकारी रुपमा संचालन गर्न, फुलखेतीलाई प्रभावकारी आम्दानीको माध्यम बनाउने, तरकारी खेती, अर्गानिक रुपमा गरिने खेतीमा प्रबर्धनलाई प्रभावकारी बनाउने, सरसफाईलाई प्रभावकारी बनाउने, मुल्य श्रृखलाजन्य कृषि बस्तुहरुको प्रबर्धन तथा अन्य आम्दानीहरुको स्रोतहरु निर्माण गर्दै जाने समेत भेलाले छलफल गरेको छ ।

यस कार्ययोजनाका लागि धनकुटा नगर सरकार संगको सहकार्य तथा अन्य सरकारी निकायहरुको संगको सहकार्यका लागि जहिल्यै र जतिबेलै पहल कदमी गरिने समेत भेलाले निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।