धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटामा आज विहान ट्रक दुर्घटना भएको छ । जिल्लाको धनकुटा नगरपालिका वडा नं ३ कागते भन्ने स्थान भन्दा केहि माथि निगाले भन्ने ठउँमा दुर्घटना भएको हो ।

लकडी बोकेर मोरङ तर्फा जाँदै गरेको को १ ख ७८६८ नं को ट्रक दुर्घटना भई लकडी छरिएर केहीवेर सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक प्रहरीको पहलमा खुलाई सकिएको प्रहरीले जनाएको छ ।-तस्बीर:संजालबाट

यो पनि…
कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म
विराटनगर, १५ माघ (रासस) ःविराटनगरमा आयोजना हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन् ।

एक्स्पो यही माघ १९ गतेदेखि २८ गतेसम्म चल्ने र सो एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीका लागि मात्रै ७२ स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामान, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफूल र अचारका स्टल रहने छन् ।

हिमाली जिल्लाका जडिबुटी औषधि, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले बताउनुभयो । विशेष गरी महिला संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उहाँहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ स्टलका लागि समन्वय गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

“यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौँ, त्यही भएर अनेकौँ प्रकारका लघु तथा घरेलु, कृषि उद्यमको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौँ ” उहाँले भन्नुभयो, “हरेक उद्यमीलाई ठूला उद्योगी सरह आफ्ना उत्पादनको प्रदर्शनी र बिक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठूलो उपलब्धि ठानेका छौँ ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले एक्स्पोको सहयोगी संस्थाका रुपमा रहेर आफ्नो क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ । महासङ्घकै कारण जुटबाट बनेका र अरु धेरै हस्तकलाका सामग्रीलाई ठूला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्तासमक्ष पु¥याउन लागेको महासङ्घकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताउनुभयो ।

आफ्नै लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल लगायतका सामग्री एक्स्पोमा राख्न पाएको उद्यमी रेखा चौधरीले सुनाउनुभयो । त्यसैगरी अगरबत्ती, मसलालगायत वस्तुको उत्पादन गर्दै क्रमशः उत्पादन वृद्धि गर्दै लगे पनि बजार निर्माणमा सीप र ज्ञान नभएका कारण पछि परेको अनुभव भइरहेको बेलामा एक्स्पोमा स्टल पाएर आफ्नो उत्पादन प्रदर्शन र बिक्री वितरण गर्ने अवसर हुन लागेकोमा महिला उद्यमी सोमी चौलागार्इंले व्यक्त गर्नुभयो ।

सीएनआई कोसी एक्स्पो २०७९ मा चार सय बढी स्टलहरु रहने एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले बताउनुभयो । उहाँले महिलालाई स्टल राख्नका लागि विशेष रुपमा प्रोत्साहन गरिएको पनि जानकारी दिनुभयो । विराटनगर–२ शङ्कपुरमा एक्स्पोको तयारी तीव्र पारिएको छ । एक्स्पोमा स्टल बुक गरेका उद्यमी र उद्योगी व्यवसायीका लागि आइतबारसम्म सुविधा सम्पन्न डोम हस्तान्तरण गरिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।