गायक प्रमोद खरेलद्वारा धनकुटामा भएको घटनाप्रति दु:ख ब्यक्त

धनकुटा,१५ माघ । धनकुटा माघ ६ गते देखि सुरु भएको प्रादेशिक औद्योगिक व्यापारमेला कृषि प्रदर्शनी, एभोकाडो तथा ५ औं धनकुटा महोत्सवमा शनिबार राती महोत्सव स्थलमा भएको घटना प्रति गायक प्रमोद खरेलले दु:ख व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल मार्फत घटनाको दु:ख व्यक्त गर्दै घाइतेहरुको शिघ्रस्वाथ्य लाभको कामना गरेका छन् । गए राती प्रमोद खरेलको संगितीक प्रस्तुत हेर्ने जाने क्रममा दर्शकहरु विच ठेलामठेल भएको र सो क्रममा ३० जना घाइते भएको थिए ।

यो पनि…
सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने
लुम्बिनी ।रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ।

एउटामात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने प्रतिबद्धतासहित विद्युतीय पूर्वाधार निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रसँग गाउँपालिकाले माग गरेको छ । अधिकांश कृषियोग्य भूमिमा समस्या भइरहेको भन्दै सम्पूर्ण वडामा एकसय केभिएको ट्रान्सफर्मर तथा विद्युतीय लाइन विस्तार गर्न आग्रह गर्दै सिँचाइ प्रयोजनमा खपत हुने महसुल गाउँपालिकाले बुझाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि क्षेत्र वृद्धि, विस्तार र सुधार ल्याउन तथा किसानलाई सिँचाइमा सहजीकरणका लागि लाग्ने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताउनुभयो । कृषि क्षेत्रको वृद्धि–विकासका लागि सिँचाइ कार्यमा प्रयोग हुने सम्पूर्ण विद्युतीय महसुल गाउँपालिकाले नै तिर्ने निर्णय लुम्बिनी प्रदेशमै पहिलो हो ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले भन्नुभयो, “सिँचाइलाई प्रयोग हुने विद्युत् महसुल गाउँपालिकाले तिर्ने निर्णय भए पनि विद्युत्को दुरुपयोग हुने सम्भावना रहेकाले त्यसलाई रोक्न गाँउपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्नेछ ।” माघ ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा स्वीकृत भएका योजनामध्ये डिप ट्युवबेल, बोरिङ तथा ह्याण्ड पम्प जडान कार्यमा संलग्नबमोजिम तथा एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७९ समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖