सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई समावेशी, समानुपातिक सहभागिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा । शहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई समावेशी, समानुपातिक सहभागिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज धनकुटामा सम्पन्न भएको छ ।

शहिद सरोकार समाज धनकुटाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले शहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई राज्यको हरेक निकायमा समावेशी, समानुपातिक सहभागिता गराउन पर्नेमा जोड दिएका छन् । साथै पञ्चायत कालदेखी १९ दिने जनआन्दोन सम्मका शहिदहरुको तथ्यांक यकिन गर्नुपर्ने सुझाव दिएका थिए ।

धनकुटाका शहिद परिवारसँग सम्वद्ध शहिद प्रतिष्ठान,शहिद परिवार संरक्षण समिति,शहिद स्मृती प्रतिष्ठान,शहिद सरोकार अध्ययन् केन्द्र,शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान,शहिद भीमनारायण स्मृती प्रतिष्ठानका अध्यक्ष एवम् अन्य पदाधिकारी सहित जिल्लामा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनीधिहरुको उपस्थिमा सञ्चालित कार्यक्रममा संस्थाका अध्यक्ष तिलक प्रसाद राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष राईले संस्थाले यो विषयमा धेरै पहिलादेखी नै कुरा उठाउदै आएपनि खास प्रगति नभएको भन्दै अब भने स्थानिय,प्रदेश तथा केन्द्र सरकारकै ध्यानाकर्षण गराउने लक्षका साथ अघि बढ्ने योजना रहेको बताउनुभयो ।

यही कार्यक्रमकै वीच शहिद दिवसको अवसरमा भोलि विहान ८ बजे धनकुटा बसपार्क स्थितको शहिद स्तम्भमा भेला भई शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरि र्याली सहित शहिद भीमनारायण श्रेष्ठको स्तम्भमा आई कार्यक्रम समापन गरिने योजना तय भएको अध्यष राईले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य रोम सुवेदीले राख्नुभएको थियो भने सञ्चालन सचिव स्मीता निरौलाले गर्नुभएको थियो । संस्थाको अहिले सम्मको तथ्यांक अनुसार जिल्लामा पञ्चायत कालदेखी जनयुद्ध अगाडि सम्मका २१ जना र जनयुद्ध कालका ६३ जना गरि जम्मा ८४ जना शहिद र ८ जना बेपत्ता रहेका छन् ।

अन्य तथ्यांक खोज गर्ने क्रम जारी नै रहने अध्यक्ष राईले बताउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।