प्रेस चौतारीको स्थापना दिवसमा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे ।

त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठ, सहसचिव माया राउत, कोषाध्यक्ष रविन्द्र रनपहेली लगायतले पनि विरामीहरुलाई फुलफुल प्रदान गरेका छन् ।

उनीहरुले अस्पतालको इमर्जेन्सी, ओपीडी, पोष्टअप लगायतमा रहेका बिरामीहरुलाई स्याउ, सुन्तला, फ्रुटी, केरा लगायत फुलफुल प्रदान गरेका हुन् । पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधनका कारण सञ्चारकर्मीहरु शोकमा रहेकाले तामझामपूर्ण कार्यक्रम नगरी अस्पतालका विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाइएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलले जानकारी दिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।