पाख्रिबास नगरद्वारा सबै आर्थिक कारोबार बन्द
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाले सबै आर्थिक कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
नगरको आधिकारिक फेसबुक पेजमा नि. प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर तामाङद्वारा हस्ताक्षरित प्रकाशित सुचनामा लेखिएको छ : कार्यपालिकाको बैठकबाट हुनु पर्ने अति आवश्यक नितिगत निर्णयहरु हुन नसकी नगर कार्यपालिकाको बैठक पटक पटक स्थगित हुने गरेकोले योजना तथा कार्यक्रमहरु समयमा सञ्चालन हुन नसकी अर्धवार्षिक प्रगति ज्यादै न्यून भई तोकिएको लक्ष्य हाँसिल हुन नसकेको र जनप्रतिनिधीहरुबाट समयमै आवश्यक निर्णयहरु नभएको कारणले विभिन्न आर्थिक कारोबार गर्नको लागि समस्या भएको हुँदा यस नगरपालिकाबाट हुने दैनिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेक कार्यपालिकाको बैठकबाट निर्णय नभए सम्मको लागि सम्पूर्ण आर्थिक कारोबारहरु नगर्ने निर्णय भएको हुँदा सोही व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
हेर्नुहोस् सुचना –
प्रस्तुत विषयमा यस नगर कार्यपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री गोर्ख बहादुर तामाङज्यूको अध्यक्षतामा मिति २०७९ / १० / २२ गते बसेको कर्मचारीको नियमित बैठकको निर्णय अनुसार नगर कार्यपालिकाको बैठकबाट हुनु पर्ने अति आवश्यक नितिगत निर्णयहरु हुन नसकी नगर कार्यपालिकाको बैठक पटक पटक स्थगित हुने गरेकोले योजना तथा कार्यक्रमहरु समयमा सञ्चालन हुन नसकी अर्धवार्षिक प्रगति ज्यादै न्यून भई तोकिएको लक्ष्य हाँसिल हुन नसकेको र जनप्रतिनिधीहरुबाट समयमै आवश्यक निर्णयहरु नभएको कारणले विभिन्न आर्थिक कारोबार गर्नको लागि समस्या भएको हुँदा यस नगरपालिकाबाट हुने दैनिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेक कार्यपालिकाको बैठकबाट निर्णय नभए सम्मको लागि सम्पूर्ण आर्थिक कारोबारहरु नगर्ने निर्णय भएको हुँदा सोही व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक
त्रिशूली, २३ माघ (रासस)ःनुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गर्नुभएकोे चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।
सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये दुईसय ३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र एक सय सात योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको रु १४ करोड हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।
“विनियोजन विधेयकमार्फत रु १९ करोड ५३ लाख बजेट रकमान्तर गरिएको छ ।” उपप्रमुख बोगटीले भन्नुभयो,“बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।” विदुरले चालु आर्थिक वर्षमा अनुमानित रु एक अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो ।
नगरसभा सदस्यले बजेटको आकार परिवर्तन भएसँगै ऋणमा रहेको नगरलाई यसै वर्ष ऋणमुक्त हुने वातावरण सुनिश्चत गर्न, पुँजीगत बजेटको खर्च सुरु नभएकाले अब तीव्रगतिमा योजना कार्यान्वयन गर्न र स–साना योजनालाई मध्यनजर गर्दै नगरकातर्फबाट गौरवको योजना सञ्चालन गर्न सुझाव दिएका थिए ।
–––


