कर्ण शाक्यद्धारा फोटो प्रदर्शनीको अवलोकन

धनकुटा,२४ माघ । पर्यावरणविद्, संरक्षणविद्, होटल उद्यमी, लेखक तथा समाज सेवी कर्ण शाक्य साहित्यकार अशेस मल्ल, लघु उद्यम बिषयका जानकार राजेन्द्र प्रधान लगायतले फोटो पत्रकार महासंघ धनकुटाले जिल्लाका एतिहासिक, पर्यटकीय क्षेत्रहरु लाई समेटी एककृत गरेका फोटोहरुको अवलोकन गर्नु भएको छ ।

फोटो पत्रकार महासंघले हाम्रो बहुमुखी पाठशालामा राखेका फोटोहरुको अवलोकन गर्नु भएको हो ।

अबलोकन पश्चात बोल्दै कर्णले फोटो पत्रकार महासंघ धनकुटाले जिल्लाका एतिहासिक, पर्यटकीय क्षेत्रहरु लाई समेटी एककृत गरेका फोटोहरु जिल्लाको समग्रता लाई झल्काएको यो प्रयास राम्रो भएको प्रतिकृया दिनु भएको नेपाल फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिनु भयो ।

यो पनि…
नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी
धनकुटा, २४ माघ (रासस) :खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे ।

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिनुभयो । लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिनुभयो ।

चार लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक (सम्फवेल) इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्याङ्कीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ ।

आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव भएका तीन वडालाई सहयोग पुग्ने नगरका प्रमुख ध्रुव रायाले जानकारी दिनुभयो । रायाले भन्नुभयो, “यो खानेपानीले जनतालाई धेरै सहयोग पुग्नेछ ।” आयोजना निर्माण पूरा भएपछि मानवीय सरसफाइ, वस्तुभाउ तथा करेसाबारीमा तरकारी लगाउन सहयोग पुग्ने वडा नं ६ का अध्यक्ष नरबहादुर महतराले जानकारी दिनुभयो । अब वडावासीले खानेपानीको जोहो गर्न चिन्ता गर्ने दिनको अन्त्य हुने वडा नं ७ का अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।