श्रीमान टंक माबिका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कपी र खेलकुद सामाग्री वितरण
धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँ स्थितको श्रीमान टंक माद्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कपी र खेलकुद सामाग्री वितरण गरिएको छ ।
लायन्स क्लव अफ विराटनगर र गुराँस लघुवित्त वित्तिय संस्था धनकुटाले संयुक्त रुपमा विद्यार्थीहरुलाई ती सामाग्री वितरण गरेका हुन् । धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्य तथा लायन्स क्लवका अध्यक्ष मणिराज प्रसाँईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच विद्यार्थीहरुलाई १ सय २२ थान स्वेटर, ६ सय ५० थान कपी, २५ थान व्याग र खेलकुद सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा १ देखी ५ सम्मका विद्यार्थीलाई स्वेटर र टोपी , ३ देखी १० सम्मका विद्यार्थीलाई व्याग, र्नसरी देखी ५ कक्षा सम्मका विद्यार्थीलाई कपी र विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष तामाङले विद्यालय प्रशासनको सक्रियता र समन्वयकारी भूमीकाको कारण यस्ता कार्यक्रम भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
त्यस्तै प्रधानाध्यपक विश्वकर्माले सहयोगी संस्थाहरु प्रति धन्यवाद व्यक्त गर्दै ग्रामिण भेग, दुरदराजका विद्यालयहरुमा यस्ता संस्थाहरुले सहयोग गर्दा शैक्षिक उनन्नयनमा थप टेवा पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लवका जिल्ला कोअर्डिनेटर नारायण वराल,सह सचिव पुरुषोत्तम अधिकारी, विद्यालयका सहप्रधानाध्यापक दोर्णचार्य घिमिरे,गुराँस लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र सहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अक्षकोष दाता,अभिभावक लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा गठित टुरिजम क्लबका विद्यार्थीले स्वयंसेवकको भूमीका निर्वाह गरेका थिए ।


