मुख्यमन्त्री समक्ष धनकुटा अस्पतालमा १ सय बेड सञ्चालनमा ल्याई तत्काल विशेषज्ञ सेवाको माग
धनकुटा । प्रदेश सांसद निरन राई सहित धनकुटा उद्योग बाणिज्य संघको टोलीले धनकुटा जिल्ला अस्पताललाई १ सय वेड(शैया)को स्तरोन्नती गरी तत्काल विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन प्रदेश १ का मुख्य मन्त्री हिक्मत कार्की समक्ष माग गरेको छ ।
संघको संयोजनमा मुख्य मन्त्री तथा प्रदेश मन्त्री परिषदको कार्यालय प्रदेश नम्वर १ विराटनगरमा पुगी टोलिले मुख्य मन्त्री कार्कीलाई भेटेर त्यस्तो माग गरेको हो । धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा गएको सो टोलीले जिल्लामा शिक्षण अस्पताल,एयरपोर्ट निर्माण लगायत अन्य विकासका लागि विशेष योजनाका साथ अघि बढ्न मुख्य मन्त्री समक्ष माग पत्र पेश गरेको संघका अध्यक्ष राईले वताउनु भयो ।
टोलीले धनकुटामा रहेको प्रदेश नम्वर १ को मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा समेत समय समय आउन र यहाँको विकासका लागि पहल गरी दिन आग्रह गरेको थियो । जवाफमा मुख्य मन्त्री कार्कीले सम्पर्क कार्यलयमा छिट्टै आउने र जिल्लाको समग्र विकास र समृद्धीका लागि प्रदेश सरकार कटिवद्ध रहेको वताउनु भएको टोलिले जनाएको छ ।
टोलिमा प्रदेश सांसद राई सहित संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतको सहभागिता थियो ।


