धनकुटाका आठ सडकको स्तरोन्नति गरिँदै

धनकुटा, २६ माघ (रासस) ः चालु आर्थिक वर्षमा करिब रु साढे चार करोडको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ । सडक डिभिजन कार्यालय धनकुटाका अनुसार चार करोड ३८ लाख १२ हजारको लागतमा उक्त सडकको सुधार हुन लागेको हो ।

सबै सडकको ठेक्का प्रक्रिया सम्पन्न भई आयोजनाको सम्झौता हुने चरणमा रहेको कार्यालयका इञ्जिनीयर सन्तोष शाहले जानकारी दिनुभयो । सञ्चालन हुन लागेका सडक आयोजनामा निर्माणाधीन मोरङको केराबारी हुँदै चौबिसे गाउँपालिकाबाट छथर जोरपाटी गाउँपालिका जोड्ने हुलाकी मार्गको एक करोडको लागतमा सुधार गरिनेछ ।

त्यस्तै छथर जोरपाटी गाउँपालिकाको मध्यपहाडी लोकमार्गको सिंधुवा बजारबाट महालक्ष्मी नगरपालिका हुँदै लोकमार्गको भोजपुर जोड्ने नगरपालिकाको मुख्य सडक, पाख्रिबास नगरपालिकाबाट मुगा गाउँ हुँदै अरुण नदीबाट भोजपुर जिल्ला जोड्ने सडक, नगर र शहीद भूमि गाउँपालिकासम्म पहँुच राख्ने सडकमा रु ५०÷५० लाख खर्च गरिनेछ ।

धनकुटा नगरपालिकादेखि भोजपुर जोड्ने अखुवाटारसम्मको शहीद भूमि गाउँपालिकाको सुख्य सडक ,कोसी राजमार्गको धरान धनकुटा सडकखण्डमा रहेको साँगुरीगढी गाउँपालिकाको सिम्सुवाबाट चौबिसे गाउँपालिका जोड्नेमध्ये चौबिसे सडक मा रु ५० लाख खर्च गरिनेछ भने गाउँपालिकाको तीन रणनैतिक सडकमध्ये तमोर करिडोरबाट राजारानी बजार र बजारदेखि वसन्तटार जोड्ने दुई सडक स्तरोन्नतिका लागि क्रमशः ५० र ३८ लाख १२ हजार खर्च गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।