धनकुटामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

धनकुटा । नेपाली कांग्रेस धनकुटाको संयोजनमा तथा शहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाको आयोजनामा शहिद भिम नारायण श्रेष्ठ,सहिद यज्ञ वहादुर कप्तान र पूर्व प्रधान मन्त्री तथा पूर्व पार्टी सभापति शुसिल कोईरालाको स्मृतीमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

शहिद भिम नारायण चौक धनकुटा सिरान बजारमा गरिएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शहिदहरुले देखाएको बाटोबाट हिडेमात्र साचो अर्थमा शहिद प्रति सम्मान हुने वताउनु भयो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शहिद भिम नारायण श्रेष्ठ,सहिद यज्ञ वहादुर थापा, पूर्व प्रधान मन्त्री तथा पूर्व पार्टी सभापती शुसिल कोईरालाको जिवनी तथा योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

शहिद भिम नारायण श्रेष्ठको धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ,जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सहसचिव रोशन श्रेष्ठ,शहिद भिम नारायण स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,जिल्ला सदस्यहरु रोशेष श्रेष्ठ,रमेश वस्नेत,क्षेत्रिय उपसभापति मिलन खड्की,धनकुटा नगर सभापति नरेश श्रेष्ठ,कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी,सत्य नारायाण श्रेष्ठ,जिवन श्रेष्ठ,राम नारायण श्रेष्ठ,टिका श्रेष्ठ,दोर्ण गुरागाई,भोगेन्द्र राई,प्रकाश श्रेष्ठ,रमेश शाक्य,विरेन्द्रलाल श्रेष्ठ,लक्ष्मण खड्का लगायतले तिनै जना नेताहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शहिद भिम नारायण श्रेष्ठ,सहिद यज्ञ वहादुर कप्तान र पूर्व प्रधान मन्त्री तथा पूर्व पार्टी सभापति शुसिल कोईरालाको स्मृतीमा उहाँको सम्मान स्वरुप धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖