धनकुटाका पहिरा पीडितलाई स्थान्तरणको तयारी

धनकुटा, २७ माघ (रासस) ःधनकुटा नगरपालिकका वडा नं ८ स्थित याक्ते गाउँका पहिरा विस्थापित परिवारलाइ स्थान्तरण गरिने भएको छ । विस्थापितलाई धनकुटा– ७ स्थित बजार क्षेत्रको श्रीवानीमा स्थानान्तरण गर्ने अन्तिम तयारी भइरहेका जनाइएको छ ।

नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति उपेन्द्र खनालले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा विस्थापितका लागि रु ७५ लाख बराबरको सात रोपनी जमिन खरिदको सम्झौता भइसकेको जानकारी दिनुभयो ।

हाल सरकारले जमिनको कित्ताकाट रोकेकाले उक्त जमिन वर्गीकरण गरेर कित्ताकाट गर्ने मापदण्ड तयार गर्नका लागि परामर्शदाता मार्फत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“परामर्शदाताको प्रतिवेदन आएपछि कित्ताकाटका लागि नगरबाट सम्बन्धित निकायमा सिफारिस गरेपछि तुरुन्त काम हुनेछ”,उहाँले भन्नुभयो, “आउने बर्खाअघि नै पीडितहरुलाई स्थान्तरण गरिने छ ।” उनीहरुलाई प्रतिघर चारदेखि पाँच आनासम्ममा तीनै तहको सरकारको साझेदारीमा नमुना घरबासको व्यवस्था गरेर स्थानान्तरण गरिने सम्पर्क व्यक्ति खनालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले दिने रकम जम्मा नगरेको भए पनि जमिन कित्ताकाटको काम सकिएपछि सो रकम नगर आफैँले व्यवस्थापन गरेर भए पनि उनीहरुलाई स्थानान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानान्तरण पछि उनीहरुको जीवनायापनका लागि नगरपालिकाले थप व्यवस्थापनको काम गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

“उनीहरुलाई स्थान्तरण सकेपछि उनीहरुको जीवन चलाउन के काममा आबद्ध गराउने भन्ने विषयमा नगरको बैठक बसेर टुङ्गो लगाउने छौँ”, उहाँले भन्नुभयो ।

गाउँलेहरु हिउँदमा घरमा बसे पनि बर्खाको समयमा छिमेकी गाउँमा गएर सुत्ने गरेको वडा नं ८ का वडाध्यक्ष रसबहादुर राईले जानकारी दिनुभयो ।

रातका समयमा सो ठाउँका केही मानिस छिमेकी गाउँ तेतेरदाङमा गएर बस्ने, कोही पानी परेको रात रातभरि जागाराम बस्ने गरेको पूर्ववडा सदस्यसमेत रहेका विश्वलाला राईले जानकारी दिनुभयो ।“सबै पैसा जम्मा भएको सुनेको हो, अझसम्म घर दिएको छैन, खै आश्वासन मात्र दिन्छन् कि घर पनि दिने हुन्”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।