धनकुटा नगरका मेयर तामाङको प्रस्ताव : खेलकुद गतिविधि बढाउनुस्, हामी सहयोग गर्छौं

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरमा खेलकुद गतिविधि बढाउँन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर तामाङले यस्तो आग्रह गरेका हुन् ।

​खेलकुद गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने सम्भावना देखाउँदै मेयर तामाङले खेलकुद गतिविधि सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । पर्यटन प्रवद्र्धनका लागि खेल पर्यटनको पनि विकास गर्नुपर्छ भन्ने हिसावले नगरपालिका अघि बढेको उनले बताए । ‘हामीले धनकुटाको पर्यटन प्रवद्र्धनका लागि खेल पर्यटनलाई पनि विकास गर्नुपर्छ भन्ने ठानेका छौं,’ मेयर तामाङले भने, ‘सकिन्छ भने महिनैपिच्छे खेलकुद गतिविधि गरौं, नगरपालिकाले के सहयोग गर्नुपर्छ, त्यसका लागि हामी सहयोग गर्न तयार छौं ।’

​खेलकुद प्रति मानिसको आकर्षण रहेको भन्दै उनले खेलकुदकै माध्यमबाट पनि पर्यटकहरु भित्र्याउँन सकिने तर्क गरे । ‘राम्रो खेलकुद गतिविधि हुँदा हेर्ने मान्छेहरु आउँछन्, खेलाडीहरु होटलमा बस्छन्, होटल व्यवसायीलाई फाइदा हुन्छ, यहीँको साग विक्छ, यहीँको दुध विक्छ, यहीका किसानलाई फाइदा हुन्छ, यसले पनि त केही सहयोग पुर्याउँछ,’ मेयर तामाङले भने ।

​धनकुटामा सञ्चालन हुँदै आएको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भीमनारायण गोल्डकप बर्षेनी सञ्चालन गर्न आफुले पटक–पटक आग्रह गरेको भन्दै उनले नियमित सञ्चालन हुन नसकेको प्रति दुःख व्यक्त गरे । भीमनारायण गोल्डकप आयोजक समिति सक्रिय नभएको प्रति चासो राख्दै उनले आगामी चैतमा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागि गराउँने गरी गोल्डकप गर्न सुझाव दिए । सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितालाई पनि प्रदेश स्तरीय हिसावले सञ्चालन गर्न उनको सुझाव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।