लामो समयसम्म हिउँदे वर्षा नभएपछि धनकुटाका किसान चिन्तित

धनकुटा,२९ माघ । लामो समयसम्म हिउँदे वर्षा नभएपछि धनकुटाका किसान चिन्तित भएका छन् ।

भदौ यता बर्षा नहुदाँ हिउँदे वालि लगाएका किसान लाई ठूलो मार परेको छ । हिउँदे, तरकारी अन्न, फलफुल खेती गरेका किसान लाई बर्षा नुहदाँ सबै भन्दा बढी समस्या भएको धनकुटा नगरपालिकाका कृषक योगेन्द्र कुमार राईले बताउँनु भयो । उहाँले भन्नु भयो यो बर्ष भदौ यता जमिन भिज्ने गरी बर्षा भएको छैन् सिंचाइको प्रयाप्त सुविधा नहुदाँ लगाएको बालि बाट राम्रो उत्पादन लिन नै सकिएन ।

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । अर्को कृषक उदयकुमार राईले भने कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा किसानाई सुविधा पुगे पनि सिँचाइको अभाव र आकासे पानीको भरमा खेती गर्नु पर्ने भएको हुदाँ किसान लाई अझै ठूलो समस्या रहेको छ ।

यो पनि…
सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने
काठमाडौँ, २९ माघ (रासस) : सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

“सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकले नियमितरुपमा यसप्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरु कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।

बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उहाँको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।