मानव अधिकार तथा शान्ति समाजको आयोजनामा राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावहरु माथि अन्तर्क्रिया कार्यक्रम

धनकुटा,२९ माघ । मानव अधिकार तथा शान्ति समाज धनकुटा शाखाले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुताको नारालाई अघि बढाउँदै जगतमुखी, जीवनमुखी, सेवामुखी अभियानको वारेमा शनिवार अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको २४ औं र २५ औं राष्ट्रिय परिषद् वैठकद्वारा पारित प्रस्तावहरुको विषयमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण बरालले राष्ट्रिय परिषद् वैठकबाट पारित भएका १० वटा प्रस्तावहरुको वारेमा जानकारी गराएका थिए । उनले पारित प्रस्तावहरुको विषयमा ४० जिल्लामा अन्र्तक्रिया कार्यक्रम संचालन भइरहेको समेत जानकारी दिए ।

पूर्वकेन्द्रिय सभापति उत्तम पुडासैनीले ‘मेरो फोहोर मेरो जिम्मेवारी’, वृक्षारोपण र विरुवा संरक्षणको विषयमा प्रस्तुति राखेका थिए । समाजका केन्द्रिय सचिव लक्ष्मीनारायण मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । त्यस्तै नागरिक समाज काठमाडौंका सभापति भगवान पुडासैनीले सामाजिक न्याय सम्वन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार राष्ट्रिय परिषद् वैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार, विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति, युद्ध निषेधः शन्तिक विशेष अभियान, परराष्ट्रय नीतिको आधार शान्ति र अहिंसा हुनुपर्ने, चुरे विनास रोक्न शान्तिपूर्ण तवरमा सामुहिक हस्तक्षेप आवश्यक, वैज्ञानिक शिक्षामा जोड दिँदै विश्व विज्ञान दिवस मनाइने, महिला अधिकारः मानव अधिकार, सामाजिक न्यायका लागि शान्ति समाजको अभियान, सूचना प्रविधि शिक्षा र संस्कृति, मेरो फोहोर मेरो जिम्मेवारी, वृक्षरोपण तथा संरक्षण अभियान, राज्य-समाजका जिम्मेवार निकायहरुको ध्यानाकर्षण गरि १० बुँदे प्रस्ताव पारित गरेको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन धनकुटाका अध्यक्ष विगेन्द्र याखा, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, हुसाडेक नेपालका पूर्वअध्यक्ष तथा गैसस महासंघका केन्द्रिय सदस्य गिता अधिकारी, गैसस महासंघ धनकुटा अध्यक्ष मीनप्रसाद सुवेदी, हुसाडेक नेपालका पूर्वअध्यक्ष खेम घिमिरे, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष खगेन्द्र घिमिरे, वेष्ट नेपालका अध्यक्ष संगिता चापागाई, नागरिककर्मी खेम पौडेलले मन्तव्य राखेका थिए ।

मानव अधिकार तथा शान्ति समाज धनकुटाका सभापति हरिबहादुर लम्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पूर्वसचिव विनोद सुवेदीले गरेका थिए । स्वागत मन्तव्य शान्ति समाज धनकुटाका पूर्वसभापति घनेन्द्र सुब्बाले राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।