शहिदभुमि तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि ठाकुरदेवी माविलाई

धनकुटा । धनकुटाको शहिदभुमि गाउपालिकाको आयोजनामा सञ्चालित तेस्रो पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि श्री ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ । आइताबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधामा सबै भन्दा बढी स्वर्ण ८, रजत १, कास्य ५, पदक गरी १४ वटा पदक जित्दै श्री ठाकुरदेवी माध्यमिक विद्यालयलले उपाधि हात पारेको हो ।

यस्तै माघ २७ गते देखि तिन दिन सञ्चालन भएको पालिकास्तरीय छनौट प्रतियोगितामा स्वर्ण ४ , रजत ११ र काश्य ३ प्राप्त गर्दै श्री पञ्चकृष्ण मावि द्धितिय र ४ स्वर्ण ,७ रजत र ५ काश्य प्राप्त गर्दै टपुदेवि मावि तृतिय स्थान प्राप्त गरेको छ ।

प्रथम ,द्धितिय र तृतिय हुने विद्यालयलाई ट्रफी ,शिल्ड,मेडल ,प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालय सहभागि थिए । प्रतियोगिता समापन कार्यक्रम गााउपालिकाको शिक्षा अधिकृत मनोज कुमार पौडेलको अध्यक्ष्ता एवम सहिदभुमि गाउपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका विशेष अतिथि गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई रहनुभएको थियो ।

कार्यक्रममा वडाअध्यक्षहरु , विद्यदालयका प्रधानाध्यापक तथा शिक्षक ,विद्यार्थी ,कर्मचारीहरुको उपस्थिती थियो । खेलको निर्णायक भुमिकामा ऋषीराम पराजुली ,जुनु माया राई र अमित राइ रहेका थिए। सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो वितरण गरेको थियो । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पालिकाबाट छनोट भएका टिमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।