३ सय २८ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण

धनकुटा,१ फागुन । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ३ का ८ सामुदायीक विद्यालयका ३ सय २८ जना विद्यार्थी लाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

हिमालय बैंक लिमिटेड धरान शाखाको सहकार्यमा सेवक अभियान धरानले विद्यालय पोशाकको न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो । हिमालयन बैंकको सामाजिक उतरदायित्व अन्र्तगत र सेवक अभियानको संयुक्त साझेदारीमा विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण गरिएको जनाइइको छ ।

न्यानो पोशाक र शैक्षिक सामाग्री प्राप्त गर्नेमा भानुभक्त आ.वि.का ९३ जना, जलकन्या मा.वि. वेंशीटोलका ८५ जना, जनसेवा आ.वि.का ११ जना, पंचमी आ.वि. खुवाफोकका १३ जना, सिद्धेश्वरी आ.वि. ९४ जना, पंचमी आ.वि. साप्तेनका १० जना, शिरिसे आ.वि.का १२ जना र जनमुखी आ.वि.का १० जना विद्यार्थी रहेका छन् ।

यो पनि…
सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौं : मन्त्री पौडेल
काठमाडौँ, १ फागुन (रासस) :उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ ।

पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै सञ्चारमाध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने विचार प्रकट गर्नुभयो । विश्व रेडियो दिवसका अवसरमा युनेस्को, अमार्क एशिया प्यासेफिक र इन्डिजिनियस मिडिया नेटवर्कको सहकार्यमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्नुभयो, “सञ्चारमाध्यमका प्रकार थपिँदै गए पनि रेडियोको उपयोगिता न सकिएको छ, न सकिने छ ।”

संविधानसँग बाँझिने गरी कानुन बनाउन नमिल्ने भन्दै सामुदायिक रेडियोका सन्दर्भमा सङ्घीय अधिकारसँग बाँझिने गरी कुनै अभ्यास गर्न नमिल्ने उहाँको भनाइ छ । ‘रेडियो र शान्ति’ नारासहित १२औँ विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सामुदायिक मुद्दालाई समेट्ने सञ्चारमाध्यमका रुपमा समुदायिक रेडियोको प्रभावकारिता रहेको बताउनुभयो ।

कार्यक्रममा सामूदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो राजनीतिक र सामाजिक रुपले पछि परेको रेडियोकर्मीको गुनासो रहेको बताउँदै रेडियो विपद्को सुखदुःखको साथी रहेकाले राज्यको अभिभाकत्वको भूमिका आवश्यकपर्ने बताउनुभयो ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले मानव विकास सूचकाङ्क बढाउन सामुदायिक रेडियोको योगदान धेरै रहेको बताउनुभयो । उहाँले रेडियोको लाइसेन्स सङ्घबाट जारी गर्ने र हुलाकबाट नवीकरण गर्ने व्यवस्थाका कारण सेवा लिनेलाई झन्झट भएको बताउनुभयो । उहाँले समस्या समाधानका लागि छलफल गरी अघि बढ्न आफूहरू तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।