जनयुद्ध दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन

धनकुटा । जनयुद्ध दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन गरिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा क्रन्तिकारी माओवादी धनकुटाको संयुक्त आयोजनामा धनकुटा मदन चोकमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई नेकपा माओवादी केन्द्र धनकुटाका कार्यवाहक अध्यक्ष तिलक प्रसाद राई र नेकपा क्रन्तिकारी माओवादीका प्रदेश सदस्य राजेन्द्र बस्नेतले सम्बोधन गरेका थिए । उनिहरुले १० वर्षे जनयुद्धको उपलब्धिलाई सबैले उपभोग गरेपनि ती उपलब्धिलाई नदेखे झै गरेको टिप्पणी गरेका छन् ।

सोही जनयुद्धको उपलब्धि स्वरुप महिला, जनजाती र पछाडी पारिएका वर्ग नीति निर्माणको तहमा पुगेको उनिहरुको भनाई छ ।

अहिले देशमा व्यवस्था फेरिएपनि अवस्था नफेरिएको भन्दै अवस्था पनि फेरिन आवश्यक रहेकोमा जोड दिएका छन् ।

दाताको भरमा आश्रम सञ्चालन
दमौली, २ फागुन (रासस):
तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ ।

विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो ।

“जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।”

आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।

आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।

दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ ।

स्थापनाकालमा ३० महिलाले रु एक–एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”

उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।

अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु

तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लबको आयोजनामा सोमबारदेखि व्यास नगरपालिका–३ मा प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन १० खेल सम्पन्न भएको छ । छात्रतर्फ छ र छात्रातर्फ चार खेल सम्पन्न भएको खेल संयोजक उज्ज्वल भट्टराईले जानकारी दिनुभयो ।

छात्रतर्फ सत्यवती मावि र निर्मल माविबीच भएको खेलमा सत्यवती, बाराही कलेज र पराशर कलेजबीच भएको खेलमा बाराही, कन्काई एकेडेमी र आदिकवि भानुभक्त क्याम्पसबीच भएको खेलमा आदिकवि, सत्यवती मावि र दमौली कलेजबीच भएको खेलमा सत्यवती, व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ, व्यास बोर्डिङ र दमौली कलेजबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

छात्रातर्फ पराशर कलेज र दमौली कलेजबीच भएको खेलमा पराशर, सत्यवती मावि र बाराही कलेजबीच भएको खेलमा सत्यवती, बाराही कलेज र व्यास बोर्डिङबीच भएको खेलमा बाराही र व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

खेलमार्फत पर्यटन प्रवद्र्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रविन पौडेलले बताउनुभयो । पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
क्लबका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडिमात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताउनुभयो । मङ्गलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको खेल संयोजक भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता छ । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलको सहभागिता छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।