सञ्चारकर्मी स्व चौधरीको १२ औं दिनको पुण्यतिथिको अवसरमा पत्रकार महासंघ धनकुटाद्वारा शोकसभाको आयोजना

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाले महासंघका सहसचिव एवम् सञ्चारकर्मी स्व.पूर्णकुमार चौधरी प्रति शोक व्यक्त गरेको छ ।

स्व चौधरीको १२ औं दिनको पुण्यतिथिको अवसरमा पत्रकार महासंघ धनकुटाले शोकसभाको आयोजना गरि दिंवगत आत्माको चीर शान्तिको कामना गरेको छ ।

महासंघका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सञ्चालित शोकसभामा उपस्थित सञ्चारकर्मीहरुले स्व. चौधरीको तस्विरमा माल्यार्णपण गर्दै शोक व्यक्त गरेका थिए । सभामा महासंघका उपाध्यक्ष विदुर खवासले स्व.चौधरीको संक्षिप्त जीवनी वाचन गर्नुभएको थियो ।

सञ्चालन सचिव हरिवहादुर लम्जेलले गर्नुभएको थियो ।

यो पनि…
हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित
रसुवा, २ फागुन (रासस): उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।

उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन् ।
जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड रहेको छन् । डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जङ्गलका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेकोे जानकारी दिनुभयो ।

उहाँले हिउँदे वर्षाको कमीले ठाउँ–ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जसंग मिलेर जङ्गलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

विसं २०४९ मा भएको हिमपातको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भन्नुभयो, “त्यो साल नौ दिनसम्म हिउँ प¥यो, हिउँ झण्डै त्रिशूली नदी नजिकै पुगेको थियो । ठाडेबाट धुञ्चेसम्म नौ किमी सडक हिमपातले अवरूद्व हुँदा खाद्यान्नसमेतको सङ्कट पर्न गई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तत्कालीन समय तैनाथ नेपाली सेना दि फेमस महिन्द्र दलगणले हिउँको डल्ला फुटाली यातायात सञ्चालन गराएको थियो ।”

विसं २०६३ तिर पनि हिमपातले ठाडे–बोकेझुण्ड खण्डको सडक पाँच दिनसम्म बन्द हुँदा सेनाकै सहयोगमा हिउँ पन्छाई यातायात सञ्चालन गरिएको बताइन्छ । समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङ्टाङ्को चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको जनाउँदै अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गत वर्षको जस्तो यस वर्ष गोसाइँकुण्ड दहमा पानी नजमेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“कुण्डमा स्नानका लागि कुनै समस्या छैन ।” उहाँका अनुसार हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।