फूलखेतीका लागि नगरले सहयोग गर्ने : नगर प्रमुख चिन्तन तामाङ्ग

जीवनप्रसाद राई,धनकुटा । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा संयुक्त महिला समुह धनकुटा १, हिलेको आयोजनामा भएको एक समारोहका बीच प्रमुख अतिथिको आसनबाट धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले खुलेर बाहैमास फूलखेती गर्नका लागि सहभागीहरुलाई उत्प्रेरित गर्नुभयो । बजार प्रबर्धनमा नगरले सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नुहुदै धनकुटा नगरपालिकाको शहरीक्षेत्रहरुलाई फूलले सजिसजाउ गर्दै पर्यटकहरु समेत आकर्षण गर्ने कुरा ब्यक्त गर्नुभयो ।

यसैगरि बढ्दो फुलको मागलाई सम्बोधन गर्नका लागि बिदेशबाट आयात नगरी स्वादेशमै फूल उत्पादन गर्नका लागि धनकुटा नगरपालिकाको सहकार्य निरन्तर रहने बिचार ब्यक्त गर्नुभयो ।

यसैगरि हिले बजार ब्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवाले संयुक्त महिला समुहले गर्ने हरेक गतिबिधिमा सक्दो सहयोग गर्ने तथा फूलखेतीलाई प्रबर्धन गर्नमा आफ्नो भुमिका रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रम संचालन गर्दै संस्थाका सदस्य हेमलता तिम्सिनाले संस्थाले २०७९ मंसिर महिना देखि नै बिभिन्न प्रजातिका फूलहरु संकलन तथा खेती बिस्तार हुदै गरेको र स्वादेसी र बिदेशी फूलहरुको खेती शुरु गरेको बताउनु भयो । गुलाफका फूलको नर्सरी मात्रै ४० प्रजातिको राखिएको र १ सय भन्दा बढी अन्य फूलहरुको संकलन गरिएको तथ्यांक पेश गर्नुभयो ।

धनकुटा नगरपालिकाको ७५ हजार रुपियाँ लगानीमा भएको यस फूलखेती परियोजनाबाट १ सय भन्दा बढी परिवार लाभान्वित हुनेछन । फूलखेतीका लागि प्रत्येक घर घरमा अभियान चलाउने कुरा संस्थाका सदस्य कमला दाहालले बताउनु भयो ।

संस्थाका सदस्य कुसुम दाहालले स्वागत मन्तब्य राख्नुभएको यस कार्यक्रममा पार्वती श्रेष्ठको अध्यक्षता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।