धनकुटा उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा भई आउनु भएका एसपी बीच शान्ति सुरक्षाबारे छलफल
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी र सदस्यहरुले जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्ण कोईरालालाई आज स्वागत गरेका छन् ।
भर्खरै मात्र सरुवा भै धनकुटा आउनु भएका प्रमुख कोईरालालाई जिल्लाको व्यपार,व्यावसाय र शान्ति सुरक्षा स्थितीको वारेमा जानकारी गराउँदै स्वागत गरेको हो ।
प्रमुख कोईरालालाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ट,सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरु शोभा श्रेष्ठ,सुनिता थापा,नगेन्द्र काफ्ले लगायतले खादा माला लगाई स्वागत गरी यहाँको व्यपार व्यावसायको अवस्थाको वारेमा जानकारी गराउदै व्यावसायीहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।
छलफलको क्रममा प्रमुख एसपी कोईरालाले सवैसँग सहकार्य गर्दै नियम कानुन अनुसार शान्ति सूरक्षा कार्यम गर्ने वचन दिनुभयो । छलफलमा डिएसपी नरेन्द्र कुवरले धनकुटाको अहिलेको शान्ति सूरक्षाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।


