विद्यार्थी कुटपिटको घटना प्रति पूर्व मन्त्री थापाको ध्यानाकर्षण,सत्ताको दम्भ नदेखाउन सचेत
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा भएको विद्यार्थी कुटपिटको घटना प्रति पूर्व मन्त्री ,नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति तथा संविधान सभा सदस्य सुनिल बहादुर थापाले आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
एक प्रेस नोट जारी गर्दै थापाले नेवि संघ सभापति सुवास भण्डारी र सचिव युवराज कार्की माथि भएको कुटपिटको घटना प्रति ध्यानाकर्षण भएको जनाउनु भएको हो । थापाद्धारा जारी प्रेस नोटमा,’फागुन ४ गते धनकुटा बहुमुखी क्याम्पसमा सरकारमा सामेल प्रमुख घटक नेकपा एमाले निकट अनेरास्ववियु र युथफोर्स धनकुटाका सत्ताका बर्दी आढेका गैर विद्यार्थीहरुको जत्था क्याम्पस हाताभित्र पसी कांग्रेस निकट नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की माथि निर्घात अमानविय तरिकाले मरणासन्न हुने गरी क्रुरता पूर्वक, ज्यान मार्ने अभिप्रायले कुटपिट गरेको यथार्थ छ ।
स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै क्यम्पस प्रशासनलाई नेविसंघले ध्यानाकर्षण गरउँदै नयाँ भर्ना र एउटै संकायमा दोहोरो भर्नाको विषयका कारण उत्पन्न विवाद यस्तो अराजक,अमर्यादित,निर्दयी र क्रुरतापूर्ण कार्यको घोर भत्सना गर्दछु । दोषीलाई कडा कारवाहीको माग गर्दै सत्ता र कुर्सीको दम्भ नदेखाउन सचेत गराउदछु ।’ उल्लेख छ ।
कांग्रेस लोकतान्त्रि विधि मान्यता र कानुनी राज्यको पक्षमा रहेकोले दोषीलाई तुरुन्त कानुनको परिधिभित्र ल्याई कारवाही गर्न माग गर्दछु । अन्यथा यसबाट उत्पनन हुने जस्तोसुकै परिणामको भागिदार सरकार र एमाले रहने जानकरी गराउदछु, उहाँले भन्नुभएको छ । उहाँले घाईते विद्यार्थीहरुको उपचार सरकारले गर्न र उपचारमा कुनै कमी नगर्न पनि अनुरोध गर्नुभएको छ ।



