धनकुटाको हिले छिन्ताङ सडक खण्डबाट ४ सय केजी ला’गुऔ’षध गाँ’जा बरामद,चालक राई पक्राउ
धनकुटा । धनकुटाको हिले छिन्ताङ सडक खण्डबाट ४ सय केजी ला’गुऔ’षध गाँ’जा प्रहरीले बरामद गरेको छ । सहिदभूमि गाउँपालिका वडा नं ४ बाट प्रहरीले गा’जा बरामद गरेको हो ।
को १ ज ३११८ नं को पिक अप गाडीमा राखेर हिलेतर्फ ल्यााउदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलिले सो परिणामको गाँ’जा बरामद गरेको हो । पिक अप गाडीलाई नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा १५ वटा प्लाष्टिकको बोरा भित्र चार सय किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाको सूचना शाखाले दिएको जानकारी अनुसार गत शनिबार राती १० बजे हिलेतर्फ आँउदै गरेको पिक अपलाई प्रहरीको गस्ती टोलीले रोक्न खोज्दा हेडलाइट बन्द गरेर गाडी हुइँकाएपछि प्रहरीले शङ्का लागेर पिछा गरि गाडी नियन्त्रणमा लिई खानतलासी गर्ने क्रममा सो गाँ’जा फेला परेको हो । फरार भएका गाडी चालक सहिदभुमि ४ का ३१ बर्षीय किरण राई लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाडी छोडेर भागेका उनलाई सुनसरीको इटहरी नगरपालिका वडा नं २ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । उनी विरुद्ध धनकुटा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


