राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटा नगरपालिका प्रथम

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ ।

प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

यता १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्यांकनमा ९ औं स्थानमा पर्न सफल भएको छ ।

कार्यमूल्यांकनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् । ‘कामको मूल्यांकनका आधारमा तुलनात्मक रुपमा हामी राम्रो पोजिसनमा आएका छौं,’ मेयर तामाङले भने, ‘अब आगामी बर्ष अझै राम्रो नतिजा ल्याउँने गरी काम गर्छौ ।’

आयोगले ११ वटा सूचकका आधारमा सात वटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिका मध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७.०९ अंक पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३.५५, सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।

मूल्यांकन प्रतिवेदन अनुसार ६० प्रतिशत अंक कटाउँने पालिकाको संख्या न्यून छ । राजश्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे-नगरेको वा समयमै पारित भए-नभएको, राजश्व संकलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, वेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्यांकनको आधार बनाइएको छ ।

त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्रिर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउँनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेको संख्या, खोप लगाउँनुपर्ने वालवालिकालाई नियमित खोप लगाए÷नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्यांकन गरिएको छ ।

आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्यांकन चित्त नबुझेमा आगामी मंगलबारसम्म पुनरावलोकनका लागि प्रमाण सहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।