कार्य सम्पादन मूल्यांकनमा धनकुटाको छथरजोरपाटी गाउँपालिका धनकुटाका गाउँपालिकाहरु मध्ये पहिलो स्थानमा
धनकुटा,६ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा धनकुटाको छथरजोपाटी गाउँपालिका धनकुटाका गाउँपालिहरु मध्ये पहिलो स्थानमा पर्ने सफल भएको छ भने सात वटै पालिका मध्ये दोस्रो स्थानमा पर्ने सफल भएको छ ।
प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा छथरजोपाटी गाउँपालिकाले ६३.५५ अंक प्राप्त गरेको छ भने धनकुटामा सबै भन्दा बढी अंक धनकुटा नगरपालिकाले ६६.६० प्राप्त गरेको छ ।
त्यस्तै पाख्रीवास नगरपालिकाले ४७.०९ अंक पाएको छ । सहिदभूमि गाउँपालिकाले ६२.२५, महालक्ष्मी नगरपालिकाले ५८.९४, चौबिसे गाउँपालिकाले ५४.६४ र साँगुरीगढी गाउँपालिकाले ५२.५४ अंक प्राप्त गरेका छन् ।
यो पनि…
सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो
किमाथाङ्का, ६ माघ (रासस) :सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ ।
निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि सङ्खुवासभाका १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका छ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार चार सय रूख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ ।
अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधक्षेत्र र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा एक सय २३ दशमलव २२ हेक्टरका रूख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ ।
कटान भएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताले प्रयोग गर्न पाउने व्यवस्था छ । अरुण तेस्रो आयोजनास्थल बाँध क्षेत्र र विद्युत् गृह स्थल लगिने ३३ केभी प्रसारण लाइनका लागि थप नौ सय ९४ रुख कटान गरिएको छ । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था छ ।
प्रसारण लाइन विस्तारका लागि करिब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्ने सम्झौता भएको थियो । जलविद्युत् परियोजनाले रुख कटान गर्ने वन कार्यालयले जनाएको छ ।
–––


