अहिलेको प्राथमिकता गरिबी घटाउनु हो : मन्त्री राई

धनकुटा,८ फागुन । भूमी ब्यावस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार रार्ईले आफ्नो प्राथमिकता भनेको आम नागरिकहरुको गरिबी घटाउने रहेको बताउनु भएको छ ।

आज धनकुटा सदरमुकाममा रहेको गोकुण्डेश्वर बालमन्दिर विद्यालयको नयाँ भवन उत्घाटन कार्यक्रमा बोल्दै मन्त्री राईले यस्तो बताउनु भएको हो । आर्थिक स्रोत बढाएर गरिबी घटाउने तथा सुसासन कायम गराउँन आफु प्रतिवद्ध रहेको समेत धारण राख्नु भएको थियो ।

देशको अर्थतन्त्र निराशा जनक रहेको बताउँदै मन्त्री राईले सहकारीका माध्यम बाट मुलुकमा उपलब्ध सिप, श्रम र बजारको सन्तुलन मिलाएर आर्थिक उपार्जनको बाट सुदृण गर्न सरकार लागि रहेको समेत बताउनु भयो । कार्यक्रमका प्रदेशसभा संसदहरु निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितीका संयोजक निरेन तामाग, प्रमुख जिल्ला अधिकारी विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधी, विद्यालयका चन्दादाता, शिक्षासेवी, समाजसेवी, पत्रकार अभिभावक , विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यो पनि…
संस्कृतिसहितको पर्यटन विकास आवश्यक : मन्त्री किराँती
काठमाडौँ, ८ फागुन (रासस) :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धन’ विषयमा आयोजित अन्तक्र्रियामा उहाँले संस्कृतिसहितको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन ।”

पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवद्र्धनको रणनीति तयार गरिने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने पनि जानकारी दिनुभयो । सातवटै सम्पदाको इतिहास र महत्वबारे आवश्यक जानकारीसहित ती क्षेत्रमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले सम्पदा बसयात्रा सुरु गर्न लागिएको उहाँको भनाइ छ । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि ‘टुरिज्म कूटनीति’ सम्भाव्यताको अध्ययन गरेर पर्यटन मन्त्रालयले नीतिगत योजना ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो । पूर्वराजदूत मधुरमण आचार्यले पर्यटनमा लगानी बढाएर सरकार र निजी क्षेत्रको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउनुपर्ने बताउनुभयो । अर्का पूर्व राजदूत लक्की शेर्पाले एनआरएनएसँगको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धन गरिनुपर्ने सुझाउनुभयो । कार्यक्रममा पूर्वराजदूतहरु दीपक धिताल, भीम उदास, डा अञ्जना शाक्यलगायतले पर्यटकीय पूर्वाधार विकास र प्रचुर सम्भावनाको सदुपयोग गरेर प्रवद्र्धन अभियान चलाइनुपर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।