सहिदभूमिमा ठाकुरदेवी माबिको नवनिर्मित चारकोठे भवनको मन्त्री राईद्वारा उद्घाटन

धनकुटा । सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले निजामती ऐन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले ऐन निर्माणका लागि सरकारले ‘टेबुलेसन’को सबै काम सकेको जानकारी दिनुभयो ।

“अब निजामती कर्मचारीहरूको समस्याको समाधान चाँडै हुन्छ”, मन्त्री राईले भन्नुभयो । उहाँले जनताका काम सहज र सम्मानपूर्वक गर्न पनि सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्री राईसहित धनकुटा प्रदेशसभा (१)का सदस्य निरन राईलाई गाउँपालिका अध्यक्ष मनोज राई र प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले सम्मान गर्नुभएको थियो । छुट्टै भेटमा प्रशासकीय अधिकृत कार्कीले पुरानै निजमती सेवा ऐन, २०४९ अनुसार काम गर्नुपर्दा कर्मचारीको वृत्ति विकास र पेशागत सुरक्षामा समस्या भएको जानकारी दिनुभयो ।

देश सङ्घीयतामा गएपछि समायोजन ऐन ल्याएर तीनै तहका कर्मचारी समायोजन गरिए पनि ऐन बनेर नआउँदा प्रदेश र स्थानीय तह आफैँले कामचलाउ ऐन ल्याएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । “त्यो पनि भोलि सङ्घको ऐनसँग बाझिने हो कि के हुने हो थाहा छैन”, कार्कीले गुनासो पोख्नुभयो ।

सहिदभूमि पुग्नुभएका मन्त्री राईले पालिकाको वडा नं ६ थलथले बजारमा रहेको ठाकुरदेवी माविको रु ६९ लाख ५० हजारमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गर्नुभएको छ । यसै क्रममा नेकपा (एमाले) सहिदभूमि गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा पुगेर राईले विसं २०३६ मा पञ्चायती शासकहरुद्वारा हत्या गरिएका १६ सहिदहरूको सालिकमा माल्याअर्पण गर्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।