धनकुटामा आयोजना गरिएको पाँच दिने रेडियो पत्रकारिता तालिम सम्पन्न

धनकुटा,१२ फागुन । खबरपालिका मिडिया नेटवर्क प्रालिले धनकुटामा आयोजना गरेको पाँच दिने रेडियो पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिममा संचारमाध्यममा उत्पादन गरिने कार्यक्रम, समाचार लेखन, वाचन , समाचार सम्पादन, रिपोटिङ्ग, मार्केटिग लगायतका बिषयमा तालिम प्रदान गरिएको आयोजक संस्था खबरपालिका मिडिया नेटवर्कका अध्यक्ष विदुर खवासले जानकारी दिनु भयो ।

तालिम समापन कार्यक्रमा प्रमुख अतिथी प्रदेश न १ कि प्रदेश संसद इन्दिरा थापाले समाज रुपान्तरणको महत्वपूर्ण पक्ष पत्रकारिता रहेको बताउँदै तालिममा सहभागीहरुले सिकेका कुरा लाई व्यावहारमा समेत लागु गर्नु पर्ने बताउँनु भयो । पछिल्लो समय बढी मात्रामा राजनैतिक बिषयले मिडियामा प्राथमिकता पाउने गरेको भन्दै उहाँले अव समाजीक बिषय बस्तु, विकास निर्माण र आर्थिक पक्ष लाई समेत मिडियाले सशतm रुपमा उठाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले पत्रकारितामा पछिल्लो समय चुनौती संगै अवसर पनि रहेकोले तालिममा सहभागीहरुले अवसर लाई सदुपयोग गर्दै जानु पर्ने बताउँनु भयो साथै उहाँले अहिलेको २१ औं शताब्दिमा संचारमाध्यको भूमीका विश्व परिवेशमा नै रहेकोले त्यस बारे जानकारी राख्नु र सिक्नु निकै महत्व पूर्ण बिषय भएको बताउँनु भयो ।

कार्यक्रममा प्रशिक्षकहरु सन्तवीर लामा, विनोद घिमिरे, नेपाल पत्रकार महासंघकी पूर्व प्रदेश उपाध्यक्ष स्मीता निरौला, रेडियो मकालुका अध्यक्ष शोविस चेम्जोग, रेडियो नेपालका प्रतिनिधी टिएल राई ,नेपाल प्रेस यूनियनका धनकुटा शाखाका सचिव विकास घिमिरे, रासस प्रतिनिधि नारायण कुमार राई, अर्थ टेलिभिजनका संवाददाता सन्तोष सुवेदी, ग्यालेक्सी फोकेका संवाददाता कुमार बस्नेत लगायत विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तालिममा सहभागिहरु लाई प्रमुख अतिथी तथा अतिथीहरुले प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।