सञ्चारिका समूह धनकुटाको अध्यक्षमा शर्मिला राई चयन

धनकुटा । सञ्चारिका समूह धनकुटाको अध्यक्षमा शर्मिला राई चयन हुनु भएको छ । समूहको आज धनकुटामा सम्पन्न जिल्ला भेलाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा आकृति राई र कृष्णाकुमारी राई, सहसचिवमा शारदा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा अनिता राई, बालकुमारी थापा, सिर्जना खुलाल, सष्टिका राई, सुस्मिता राई, अनुषा राई र धनकुमारी राई रहेका छन् । सञ्चारिका समूह धनकुटाकी अध्यक्ष देवकला कर्कीको अध्यक्षतामा तथा केन्द्रिय अध्यक्ष विमला तुंखेवाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै समूहकी केन्द्रिय अध्यक्ष तुंखेवाले महिला पत्रकारको क्षमता बढाउन र पत्रकारिता टिकाउन सबैले पहल कदमी लिनुपर्ने बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष हिमा चोम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, कान्तिपुर दैनिकका उप-संपादक रमेशचन्द्र अधिकारी, समूहका सल्लाहकार सन्तवीर लामा,नयाँ नेपाल विचार साप्ताहिकका सम्पादक स्मिता निरौला लगायतले शूभकामना मन्तव्य राखेका थिए भने भेलामा नेपाल पत्रकारमहासंघ धनकुटाका सहसचिव ईश्वर थापा,संगालो खबर अनलाईनका सन्तोष सुवेदी लगायत सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ । सञ्चारिका समूहले महिला पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।