अखिल नेपाल महिला संघ धनकुटाको सातौ जिल्ला सम्मेलनबाट तारा तितुङको अध्यक्षतामा ४६ सदस्यीय नयाँ जिल्ला कमिटी गठन

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको सातौ जिल्ला सम्मेलनबाट तारा तितुङको अध्यक्षतामा ४६ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ ।

धनकुटामा सोमबार सम्पन्न नेपाल महिला संघ धनकुटाको सातौ जिल्ला सम्मेलनबाट गठित कमिटीको उपाध्यक्षमा निर्मला ईवाहाङ, रेखा चेम्जोङ, सचिव सावित्रा राई,उपसचिव गोमा कार्की, र कोषाध्यक्ष सीता थापा पराजुली रहेको नेकपा एमाले जिल्ला पार्टी उपसचिव तथा जनसंगठन विभाग प्रमुख शिव आङलाले जानकारी दिनुभयो ।

सिमा राईको अध्यक्षतामा सञ्चालित सातौ सम्मेलनको प्रमुख अतिथि अखिल नेकपाल महिला संघ केन्द्रीय कमिटी सचिव तथा प्रदेश १ ईन्चार्ज मेनुका काफ्ले , विशेष अतिथिहरु नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेत , केन्द्रीय सदस्य विनादेवी राई , पार्टीका जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य यज्ञकुमारी रुचाल , अखिल नेपाल महिला संघका जिल्ला ईन्चार्ज रामकुमारी राई , अतिथिहरु प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सचिवालय सदस्यहरु, नगर अध्यक्ष जिल्ला कमिटी सदस्यहरु , विभिन्न जनसंगठनका प्रमुख लगायतका अतिथिहरुको उपस्थित थियो ।

यो संघले महिलाहरु हकअधिकारका लागि विभिन्न खाले विभेदकारी कानुन संशोसधनका लागि पहलकदमी गर्ने, महिलाहरुको नेतृत्व तथा सीप विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।