धनकुटाका माझी समुदायले पनि धुमाधामसँग मनाए “लदी“ कोशी पूजा

धनकुटा,१६ फागुन । माझी समुदायको बहुल्यता रहेको धनकुटाका विभिन्न ठाउँमा बसोबास गर्ने माझीहरुले आज “लदी“ कोशी पूजा धुमाधामसँग मनाएका छन् ।

धनकुटाका विभिन्न ठाउमा बसोबास गर्ने माझीहरुले आज “लदी“ कोशी पूजा धुमाधामसँग गरिएको नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिती धनकुटाका अध्यक्ष पवित्रा माझीले बताउनु भयो । उहाँको अनुसार माझी समुदायले आज खोलामा गएर जल देवताको पूजा, शिनेभुमे, गणेश, शिव तथा स्थानीयको देवता, पन्चकन्या पोखरीमा पूजा गरिएको बताउनु भयो ।

यो पनि..
उजाडिएको गाउँमा साथी छैनन् मित्रलालका
गलकोट, १६ फागुन (रासस): गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आउनुभएका उहाँको काँधमा गाउवासीको आड भरोसा रहँदै आएको छ । वैदेशिक रोजगारी, शिक्षा र अवसर खोज्न गाउँमा युवा पलायन हुँदा मर्दापर्दा पनि एक्ला युवा मित्रलालकै भरमा छन् सबैजना ।

बागलुङको बरेखानी गाउँ बुढापाका र एक्ला युवाको भरमा रहेको बरेखानी गाउँ बसाइँसराइको नमुना गाउँका रूपमा चिनिन्छ । अठ्ठाइस वर्षका मित्रलाल गाउँमै अड्डी कसेर कृषि पेशामा लाग्नुभएको मात्रै छैन् अन्य गाउँलेको सहयात्रीसमेत हुनुहुन्छ । गाउँका साथीसङ्गी र दाजुभाइ विदेश तथा बसाइँसराइ गरेर गए पनि मित्रलाल आफ्नो पेशा, मेलापात र अर्मपर्ममा व्यस्त हुनुहुन्छ ।

गलकोट नगरपालिका–९ मा पर्ने बरेखानी गाउँमा पहिला २२ घर थिए । विकास, शिक्षालगायत सेवा सुविधाको अभावमा बसाइँसराइका कारण अहिले जम्मा सात घरमा मात्रै मानिसको बसोबास छ । बसाइँसराइले गाउँ उजाड भइसक्यो तर अझै गाउँबाट बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । सोही उजाड गाउँको १०० रोपनी बाँझो पाटोमा व्यावसायिक तरकारी खेती गर्न रोकिएको छैन । सिङ्गो बरेखानी गाउँमा बसाइँसराइले बाँकी रहेका सात परिवार तरकारी खेतीमा आबद्ध छन् । युवा किसान मित्रलालले उक्त खेतीको अगुवाइ गर्दै आउनुभएको छ । नगरपालिकाभित्र रहेर पनि अत्यन्तै दुर्गम गाउँमा पर्ने बरेखानीमा सडक पुगेको बल्ल डेढवर्ष भयो ।

“जङ्गलको बीचमा बरेखानी बस्ती छ, सोही स्थानमा पहिला २० घरमा मानिस बस्दथे तर गलकोटकै तीव्र बसाइँसराइ रहेको बरेखानीमा एक्लो युवा आफू मात्र रहेको मित्रलालको भनाइ थियो । अन्य सात घरमा मानिस भए पनि बुढापाका मात्रै छन्, विद्यार्थीको अभावमा विद्यालय बन्दभएपछि बालबालिका अध्ययनका लागि बस्ने कुरै भएन” उहाँले भन्नुभयो “तर यहाँ व्यावसायिक कृषि खेती गर्न लागेको भने धेरै भयो ।

गौतमका अनुसार बसाइँसराइका कारण सोही गाउँमा २०४१ सालमा स्थापना भएको बरेखानी प्राथमिक विद्यालय विद्यार्थी अभावमै २०७२ सालमा बन्द भयो । आफूसहित सात घरकै मानिसले व्यावसायिक तरकारीखेती गर्दै आएको मित्रलालले बताउनुभयो । पहिले तरकारी बोकेर गलकोट पु¥याउनु पथ्र्याे, डेढवर्ष अगाडिदेखि त्यो समस्या पनि हटेको छ । उहाँको झण्डै चार रोपनी जग्गामा अहिले सिमी, काउली, बन्दा, गाँजार र गोलभेडा छन् भने १० घार मौरी र २५ बोट कागती रहेका छन् ।

“बुबा खिमलालकै प्रेरणाले विदेश नगएर गाउँमै बसेको छु, अहिले वर्षमा रु चार÷पाँच लाख आम्दानी गर्नेगरी तरकारी खेती गर्दै आएको छु, भैँसी बाख्राको स्याहार सुसार गर्नै प¥यो, गाउँलेको खेतबारी खनजोत समेत आफैले गर्नु पर्दछ, तरकारी खेतीलाई अझै विस्तार गरेर लैजाने सोचमा छु ।” मित्रलालले भन्नुभयो ।

दुई दाजु वैदेशिक रोजगारीका लागि विदेश गए पनि आफूले गाउँ छोड्न नसकेको उहाँको भनाइ थियो । मित्रलालको घरमा दुई भैँसी र चार बाख्रा छन् । उहाँले केही जग्गामा सुन्तला खेतीसमेत गर्ने योजनामा रहेको सुनाउनुभयो । सात घरमध्ये आफूसहित चार घरले उत्पादन गरेको तरकारी हटिया बजारमा बिक्री गर्दै आएको खिमलालाको भनाइ थियो । उहाँलार्ई कृषिमा प्रेरणा दिने गाउँकै व्यक्ति हुन् ललाम्बर गौतम । उहाँले व्यावसायिक कृषि खेती गर्न थालेको २० वर्ष भइसक्यो । ललाम्बरको झण्डै चार रोपनी जग्गामा दुई प्लाष्टिक टनेलसहितको तरकारी खेती छ तर आफ्ना परिवार विदेशमा भएका र बसाइँसराइका कारण काम गर्ने मानिस पाउनै समस्या भएको दुःखेसो गर्नुभयो ।

“गाउँमा कोही छैनन्, गाउँ धानेकै एउटा युवा मित्रलाल गौतम हुन्, अहिले म यता खेतमा बसाइँसराई गरेको छु तर दिउँसो बरेखानी पुगेर तरकारी खेती गर्दै आएको छु” लीलाम्बरले भन्नुभयो, “गाउँमा बसाइँसराइले सकिनै लाग्यो, अब मित्रलालसमेत कतै गए त्यहाँ बस्ने अवस्था नै छैन्, तरकारीखेती गर्न त मन थियो, नातिनातिना पढाउनका लागि बाँसखोला आएर बस्ने गरेका छौँ, गाउँमा काम गर्ने मानिस छैनन् एक्लै गर्न सक्न छोडियो ।” कृषिकका लागि वडा र नगरपालिकाले सही निर्णय लिन नसक्दा किसानलाई समस्या पर्दै आएको उहाँको गुनासो थियो ।

तरकारी खेतीका लागि उर्भरभूमि रहेको बरेखानीमा बसाइँसराई नरोकिए गाउँनै खाली हुने अवस्था आउने गौतमले बताउनुभयो । गलकोटका अधिकांश युवा वैदेशिक रोजगारीका लागि जापानलगायतका देशमा जाने र परिवार स्वास्थ्य तथा शिक्षाका लागि बसाइँसराइ गर्ने भएकाले बरेखानी गाउँ विस्तारै उजाडिदै गएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।