नेकपा एमालेको मिशन ग्रासरुट अन्तर्गत धनकुटा जिल्लाको सातवटै पालिकामा पालिका स्तरिय भेला सम्पन्न

धनकुटा । नेपाल कम्युष्टि पार्टी (नेकपा एमाले)को मिशन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तरगत धनकुटा जिल्लाको सातवटै पालिकामा पालिका स्तरिय भेला सम्पन्न भएको छ ।

अभियान अन्तरगत आज पार्टीको धनकुटा नगरकमिटीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला गरि अभियान्ताहरुले अभियानको बारेमा जानकारी गराएका छन् ।

नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं धनकुटा नगरको प्रमुख अभियान्ता जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा यो अभियानले पार्टीको सदस्यता नविकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको बास्तविक तथ्यांक,उनिहरुको अवस्था पालिका,वडा,टोल कमिटीको क्रियाशिलता सहित समग्रमा यथार्थ जानकारी हुने, नेता कार्यकर्ता बीच एवम् पार्टी र जनता बीचको सम्बन्ध थप घनिष्ठ बनाउने, स्थानिय तहमा उत्पन्न हुन सक्ने अन्तरविरोधको पहिचान र समाधानको ठोस विकल्पवारे सिफारिस प्राप्त हुने जानकारी दिईएको छ ।

त्यस्तै पार्टी कमिटी र जनप्रतिनीधि बीचको सम्बन्धवारे बैचारिक राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने,स्थानिय तहका जनप्रतिनीधिहरको भूमीका थप प्रभावकारी बनाउने,सम्भावना युक्त नयाँ पुस्ताको पहिचान गर्ने,पार्टी अनुशासित र एकतावद्ध हुने, संगठनात्मक व्यवस्था सुदृढ गर्ने अभियानको उद्देश्य छ ।

अभियानको बारेमा अभियान्ता घिमिरे सहित प्रदेश कमिटी सचिवालय सदस्य उज्वल किराँती,जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली,प्रदेश सदस्य टंक चौहान,मदन बसेल लगायतले जानकारी गराएका थिए ।

फागुन ५ गते देखी शूरु गरिएको यो अभियान अब जिल्लाको ७ वटै पालिकाको ६० वटै वडा,टोल पार्टी जनवर्गीसंगठन सहित घरघरमा सञ्चालन गरिने नेकपा एमाले सचिवालय सदस्य तथा प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख सावित्रा राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖