राजनीतिमा महिला सहभागिता बढ्दै
धनकुटा । जिल्लामा राजनीतिप्रति महिलाहरुको सहभागी बढ्दै गएको एक कर्यक्रमका सहभागिहरुले बताएका छन् ।
नेपाल महिला संघद्धारा अन्तराष्टिय नारी दिवसको अवसरमा शुक्रबार धनकुटामा आयोजित अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले राजनीतिमा महिला सहभागीता बढ्दै गएपनि जति हुनु पर्ने हो त्यती भने हुन नसकेको बताउनुभयो । त्यसैले महिला सहभागीतालाई अझ बढाउनु पर्ने उहाँले धारणा राख्नुभयो ।
त्यस्तै पार्टीका पूर्व केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ राजनीतिमा महिला सहभागीता बढाउन अभियान सञ्चालन गर्नु पर्ने उल्लेख गर्नुभयो ।
नेपाल महिला संघ धनकुटामा अध्यक्ष लिला सुब्बाको अध्यक्षतमा सम्पन्न राजनीतिमा महिला सहभागीता विषयक अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कार्य समिति सदस्य मिना राई तुम्बा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,महासमिति सदस्य सिता प्रधान ,नेपाल महिला संघकका पूर्वकेन्द्रिय सदस्य टिका भण्डारी, कांग्रेस क्षेत्र नं ख का सभापति राजन पौडेल,नगर सभापति नरेश श्रेष्ठ ,उपसभापति अमित लो तामाङ,नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर सुब्बा,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ,नेपाल महिला संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष राधा बजगाई,लगायतले महिलाहरुको अर्थ पूर्ण सहभागीता हुनु पर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीका महासमिति सदस्य सुमना तिम्सिनाले कार्य पत्र प्रस्तुत गर्नु भएको थिायो । स्वागत मन्तव्य नेपाल महिला संघ उपाध्यक्ष अम्विका धमलाले राख्नुभएको थियो । संंचालन सचिव संगिता चापागाईले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुट,नेपाल महिला संघ धनकुटाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।


