साथी सहकारी : धनकुटाका व्यापारी व्यावसायीको साथी
धनकुटा । साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १४ औ बार्षिक साधारण सभा धनकुटामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न साधारण सभामा बोल्दै सहभागी व्यावासीहरुले साथी वचत तथा ऋण सहकारी संस्था आफुहरुको साथी भएको वताएका छन् ।
साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीले सहकारीको माध्यमबाट सुन्दर समाजको निर्माण गर्न सकिने भन्दै सहकारी अभियानलाई तिव्र रुपमा सञ्चालन गर्नु पर्ने वताउनु भयो ।
त्यस्तै धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य कृणमाया श्रेष्ठ,नगरका आर्थिक विकास अधिकृत विकास अधिकारी, जिल्ला सहकारी संघ धनकुटाका लेखा समितिका सदस्य रोशनराज अमात्यले सहकारी अभियान मार्फत समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने धारणा राखेका थिए। सभामा सचिव विजय सन्तोषी राईले सहकारीको भावी कार्यक्रम तथा प्रगती प्रतिवेदन र कोषाध्यक्ष रुपेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक शैलेसमान श्रेष्ठले सुझाव दिनु भएको थियो ।
यो सहकारीले कृषि पर्यटन र साना उद्योगहरुमा लगानी गर्ने,शेयर सदस्यहरुको हितमा विभिन्न अभियान संचालन गर्ने र हितकोष स्थापना गर्ने,शेयर पुँजी बृद्धी गर्ने,प्रत्येक व्यावसायी,व्यापारी र व्यक्तिलाई शेयर सदस्य बनाउने, सहकारीहरु संघ मर्ज गर्न आव्हन गरी छफल गर्ने निर्णय भएको व्यवस्थापक दिपिका प्रधानले वताउनुभयो ।
सभामा संस्थाका कार्यकारी समिति सदस्यहरु टेक वहादुर श्रेष्ठ, रोशन श्रेष्ठ,पूर्व सदस्यहरु शान्ति श्रेष्ठ,धिरेन्द्रलाल श्रेष्ठ ,शेयर सदस्यहरु गोविन्द्र निरौला लगायतले सहकारीको थप उन्नती प्रगतिका लागि सुझाव दिएका थिए ।


