धनकुटामा स्थापित सङ्ग्रहालयले तान्न सकेन पर्यटक

धनकुटा, २३ फगुन (रासस) : विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् ।

पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा वाद्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको खासै वृद्धि भएको छैन । संरचना र सामग्री थप गरिए पनि गएको पाँच वर्षमा हरेक वर्ष सङ्ग्रहालय भ्रमण आउने पर्यटक सङ्ख्यामा वृद्धि हुनुभन्दा थप खस्किएको सङ्ग्रहालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५/७६ मा एक हजार छ सय २७ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसपछि कारोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३४ र २०७६/७७ मा चार सय ७८ जनाले सङ्ग्राहलय अवलोकन गरेका थिए । त्यसपछि गत आव २०७८/७९ मा एक हजार ६१ जनाले अवलोकन गरेको सङ्ग्रहालय चालु आव २०७९/८० को माघसम्ममा तीन सय ८२ जनाले मात्र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

समाजले सङ्ग्रहालयको महत्व नबुझेको र त्यहाँ राखिएको विषयवस्तुको ज्ञान नहुँदा सङ्ग्राहलयमा पर्यटक आकर्षित हुन नसकेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीको भनाइ छ । “कला, संस्कृतिको अध्ययन गर्न आउने कम मान्छे यहाँ घण्टौँसम्म बसेर जान्छन् ।” अधिकारीले भन्नुभयो, “तर आएका धेरै मान्छेहरू एकसर्को घुमेर जान्छन् ।” सङ्ग्रहालयको महत्व र यहाँ रहेको विषयवस्तुबारेमा व्यापक प्रचार–प्रसार गरेमा सङ्ग्रहालयप्रति जनसमुदय आकर्षित हुनसक्ने अधिकारीको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖