धनकुटामा महिला हिं’सा बढ्दो

धनकुटा । धनकुटामा दिन प्रतिदिन महिला हिं’सा बढ्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । महिला पुन:स्थापना सेवा केन्द्र धनकुटाले मंगलबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमका सहभागीतहरुले त्यस्तो बताएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रि राईले महिला हिं’सा न्यूनिकरण गर्न सवैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने वताउनु भयो । त्यस्तै धनकुटा नगरपालिकाका उपप्रमुख भिमा देवी खनालले महिला हिं’सा रोक्न राज्यको दाहित्व भएकोले राज्यले विशेष अभियान संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

महिला पुन:स्थापना सेवा केन्द्र धनकुटाका कार्यवहाक अध्यक्ष शुक्रि राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विषयवस्तु तथा संस्थाले अहिले सम्म गरेको कार्य विवरण सुमना तिम्सिनाले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा नगरपालिका वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ,वडा नं ९ का वडाध्यक्ष टंक रोईला,कार्यपालिका सदसयहरु मनकला लिम्बु,कृष्णमा श्रेष्ठ,जनजाती महासंघ धनकुटाका अध्यक्ष सन्तोषी राई,दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शंकर,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रतिनिधि डम्वर थापा लगायतले जिल्लामा महिला हिंसा दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रमको संचालन महिला पुन:स्थापना सेवा केन्द्रका शारदा सन्तोषी राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।